काठमाडौं– नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले स्थानीयस्तरमा रोजगारी अभिवृद्धि हुने कार्यक्रम एवं गतिविधि सञ्चालन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।
भक्तपुर चेम्बर अफ कमर्शले शनिबार आयोजना गरेको योजना तर्जुमा कार्यशाला गोष्ठीमा उनले कृषिको व्यवसायीकरण र सूचना प्रविधिको विशेष प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्दै रोजगारीको सिर्जना गर्ने गरी योजना अगाडि बढाउने कार्यक्रम ल्याउनुपर्ने बताएका हुन्।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले भक्तपुर चेम्बरलाई मुलुककै उत्कृष्ट जिल्ला चेम्बरको रूपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको बताए। उनले चेम्बरबाट तयार हुने योजना उद्यमी व्यवसायीका समस्या सम्बोधन हुने दाबीसमेत गरे।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भक्तपुर चेम्बरले छोटो समयमा गरेको प्रगति उदाहरणीय रहेको भन्दै यसलाई जनस्तरसम्म प्रभावकारी हुने गरी कार्यक्रम लैजान सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।