काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका प्रदेश १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात भइरहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशभर आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।