काठमाडौं- नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा समावेश हुने सदस्यको 'क्लस्टर' अनुसारको प्रतिनिधित्व हुने सदस्यको संख्या तय गरेको छ।
शनिबार बिहान बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिमा क्लस्टर अनुसार समावेश हुनेको संख्या तय गरेको हो।
माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहका अनुसार ९ क्लस्टर सहित २९९ जनाको केन्द्रीय समिति रहने छ।
साहका अनुसार शनिबारको बैठकले केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ प्रतिशत महिला, ५ प्रतिशत मुस्लिम जनजाति, अल्पसंख्यक लगायतको प्रतिनिधित्व सुनिश्चित गरेको हो।
त्यस्तै बैठकले स्थायी समिति र पोलिटव्युरोमा भने प्रतिशत नतोकि आवश्यकताका आधारमा गर्ने निर्णय गरेको साहले जानकारी दिए।
यसअघि नेता देव गुरुङको संयोजकत्वमा क्लस्टर अनुसारको प्रतिनिधित्वका विषयमा सुझाव दिन कार्यदल गठन गरिएको थियो।
माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा आज नेतृत्व चयन हुने जनाइएको छ। माओवादीमा १५ जना पदाधिकारीसहित २सय ९९ जनाको केन्द्रीय समिति रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।