काठमाडौं- वास मिडिया फोरम नेपालको बागमती प्रदेश कमिटी गठन गरिएको छ। सातवटै प्रदेशमा प्रदेश कमिटी गठन गर्ने फोरमको विधानबमोजिम कृष्णसिं धामीको अध्यक्षतामा ११ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरिएको हो।
वास मिडिया फोरम नेपाल खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील पत्रकारहरुको संगठन हो।
फोरमकी केन्द्रीय अध्यक्ष मनिषा अवस्थी, उपाध्यक्ष नवीन पल्लव र महासचिव पीटी लोप्चनको उपस्थितिमा गठन गरिएको फोरमको बागमती प्रदेश कमिटीमा कान्तिपुर दैनिककी सीमा तामाङ उपाध्यक्ष चुनिएकी छन्। यस्तै नयाँ पत्रिका दैनिकका शिवहरि घिमिरे महासचिव, भोजराज भण्डारी सचिव र इन्द्रसरा खड्का कोषाध्यक्षमा चयन भएका छन्। दीक्षा कट्टेल, राजकुमार खाती, सन्तोष आङगहवा थारु, विक्रम दाहाल, ऋतु काफ्ले र समीक्षा गाहा सदस्यमा चुनिएका छन्।
खानेपानी, सरसफाइ र स्वच्छताका सवालहरुलाई मूलधारको मिडियामा समेट्ने र यस क्षेत्रमा क्रियाशील पत्रकारहरुको दक्षता अभिवृद्धि गर्ने कार्यमा दत्तचित्त भएर लाग्ने नवगठित वास मिडिया फोरम, बागमती प्रदेश कमिटीका अध्यक्ष धामीले प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।