बैतडी– भीरबाट लडेर बैतडीमा एक मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
मगरको दोगडाकेदार गाउँपालिका–६ स्थित सित्तडमा भीरबाट लडेर शुक्रबार मृत्यु भएको हो। भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त घटनासम्बन्धी थप अनुसन्धान सुरु भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।