काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाको आयकर दर २५ प्रतिशत बनाउन माग गरेको छ।
अहिले अन्य कम्पनीहरुको आयकर दर २५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाको आयकर भने ३० प्रतिशत तोकिएको छ।
सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले राष्ट्र बैंकमा अध्ययन प्रतिवेदन प्रस्ताव पेस गर्दै उक्त माग अगाडि सारेका हुन्।
सिबिफिनले वर्षेनि ३० अर्ब रुपैयाँ भन्दा बढी आयकर तिर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्नुको सट्टा दण्डित गरे जस्तो व्यवहार गरेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।