काठमाडौं- सात विद्यार्थी संगठनले केही मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै गम्मीर ध्यानाकर्षण भएको बताएका छन्।
शुक्रबार विज्ञप्ति निकाल्दै नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्वियू, समाजवादी विद्यार्थी यूनियन, अखिल छैठौं लगायतका विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत काठमाडौं विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरु काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणीपाल मेडिकल कलेज कास्कीले नयाँ भर्नामा एमबीबीएस्, बीडीएस्, बी नर्सिङमा राज्यले तोकेको भन्दा विद्यार्थीहरुबाट आफूखुशी विभिन्न बहानामा लाखौं रुपैयाँ लिएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
त्यस्तै मणीपाल मेडिकल कलेज पोखरा, काठमाडौ मेडिकल कलेज, नोवेल मेडिकल कलेज मोरङमा विद्यार्थीहरु आन्दोलित भएको भएको भन्दै उनीहरुले गम्भीर बन्न आग्रह गरेका छन्।
चिकित्सा शिक्षाका विद्यार्थीहरुको जायज मागहरुमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरु लाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन विद्यार्थी संगठनहरुले जोडदार माग गरेका छन्। अन्यथा विद्यार्थीहरुको पक्षमा सयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यसबाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नु पर्ने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।