• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो ‘हंरायो’

64x64
रासस शुक्रबार, पुस १६, २०७८  १२:०६
1140x725

झापा– ‘हांग्रोले पांग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ। यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हंरायो)को कीर्तिमानी तस्बिर खिच्न सफलता मिलेको छ।

पहाडमा पाइने पांग्रो एक प्रकारको लहरे वनस्पतिको फल हो। जो ज्यादै कडा र चराले खान नसक्ने आकारको हुन्छ। उखानअनुसार एउटा चरा छ, जसले पांग्रो देख्नेबित्तिकै हतार–हतार खान्छ। मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हांग्रोले पांग्रो’ निलेकोझैँ भनेर उखान जोड्ने चलन छ।

चरा खोजकर्ता खरेलले इलामको सूर्योदय नगरपालिका–१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हंरायो’को तस्बिर खिचेका हुन्। लोप भएको ठानिएको यो चरा नेपालमा १९२ वर्षपछि उनले खिचेको हुँदा यसलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ।

नेपालमा चराका विषयमा खोज गरेका ब्राइन हड्सन नामका विदेशी विज्ञले सन् १८२९ मा नेपालमा ‘हंरायो’ भेटिएको उल्लेख गरेका थिए। त्यसयता नेपालमा यो पक्षीको अस्तित्व कसैले पुष्टि गर्न सकेको थिएन। विज्ञहरुले विभिन्न दस्तावेजमार्फत यो चरा नेपालमा लोप भइसकेको जानकारी दिने गरेका थिए।

चरा खोजीमा रुचि राख्दै आएका मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी वाइल्ड लाइफ फोटोग्राफर खरेललाई चराविद् कमल मादेनले ‘हांग्रोले पांग्रो निल्छ’ भन्ने उखान सुनाउँदै नेपालमा हंरायोको अस्तित्व हुनसक्ने बताउने गरेका थिए। 

मादेनले दिएको प्रेरणाका आधारमा नै उखान पछ्याउँदै जाँदा हंरायोको अस्तित्व पुष्टि गर्ने अवस्थासम्म पुर्‍याएको खरेलले बताए। 

'मादेन सरले मलाई हंरायो खोज्न प्रेरित गर्नुभयो, मैले पनि सानैदेखि ‘हांग्रोले पांग्रो निल्छ’ भन्ने उखान सुन्दै आएको थिएँ”, उनले भने, 'त्यही हंरायोलाई गाउँतिर पांग्रो निल्ने हांग्रो भन्दा रहेछन्।' पत्रकार सम्मेलन गरी उनले आफूले खिचेका हंरायाकफ तस्बिर सार्वजनिक गराउनुका साथै नेपालमा भएका चराहरूको संरक्षण जरुरी भएको बताए। 

‘हंरायो’ चरा अस्तित्वमा रहेको पुष्टि गरिदिएपछि चरासम्बन्धी खरेलको खोजको प्रशंसा भइरहेको छ। साथै पांग्रा निल्ने दुर्लभ चरा पूर्वी नेपालमा डुलिरहेको छ भन्ने सत्य सावित भएको छ । 'चराको खोजीका लागि इलामको जंगलमा डुलिरहेका बेला अचानक अनौठो चराको जोडी पखेटा फट्फटाउँदै एउटा रुखबाट अर्को रुखमा उडेर गएको देखेँ”, खरेलले चरा भेट्टाउँदाको क्षण सम्झिँदै भने, 'हत्तपत्त क्यामेरा निकालेर ४५ सट तस्वीर खिचेर हेर्दा नेपालमा लोप भइसकेको घोषणा गरिएको हंरायो पो रहेछ भन्ने थाहा भयो।'

Ncell 2
Ncell 2

धनेष चराको जस्तो मोटो चुच्चो र टाउकामा सिङजस्तो देखिने कडा भाग भएको ‘हंरायो’ निकै लामो र ठूलो हुने खरेलले बताए।  झापाको मेचीनगरमा अरु तीन प्रकारका ‘हंरायो’को प्रजाति फेला पारिसकेको भए पनि रुफ्स नेक्ड हर्नबिल प्रजातिको चरा फेला पार्नु आफ्नो वाइल्ड लाइफ फोटोग्राफी जीवनका लागि अभूतपूर्व उपलब्धि बनेको उनले सुनाए। 

वाइल्ड लाइफ फोटोग्राफीमा रुचि राख्ने खरेलले विगत पाँच वर्षदेखि निजी खर्चमा चराको खोज अनुसन्धान र संरक्षण गर्ने अभियान सञ्चालन गरिरहेका छन्। 

उनले नेपालमा पाइने ८८७ मध्ये ४०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफ्नै क्यामेराले कैद गरिसकेका छन्। 

झापाको मेचीनगर नगरपालिकालाई नेपालकै सबैभन्दा बढी चरा पाइने पालिकाका रूपमा चित्रण गर्दै आएका उनले मेचीनगरमा मात्र ३०० भन्दा बढी प्रजातिको चराको तस्वीर खिचिसकेको दाबी गरे। 
'संरक्षित क्षेत्रबाहेक नेपालमा सबैभन्दा बढी चरा पाइने ठाउँ मेचीनगर नै हो', उनले भने , 'यहाँ खोला चरामात्रै पनि २० प्रजातिका छन् भने दुर्लभ मानिएको तीन प्रजातिका हंरायो भेटिएको रेकर्ड मसँग छ ।'

चराविद् मादेनले नेपालमा लोप भइसकेको घोषणा गरिएको रुफ्स नेक्ड हर्नबिलको पुनः खोजी गर्ने र पहिलो तस्बिर खिच्ने व्यक्ति झापाका खरेल नै भएको बताए। उनले एउटा लेखमा भारत, भूटान, चीन, म्यान्मार र थाइल्याण्डमा थोरै सङ्ख्यामा पाइने यो चरा नेपालमा लोप भएको भनेर केही विज्ञले झुटो दाबी गरेको भए तापनि आफूले ‘हंरायोले पांग्रो निल्छ’ भन्ने प्रचलित उखानका आधारमा पूर्वी पहाडमा यसको अस्तित्व रहेको अनुमान सार्वजनिकरूपमै गर्दै आएको जिकिर गरे। 

क्यारोल इन्स्किप र टी इन्स्किपले संयुक्तरूपमा सन् १९८५ मा प्रकाशित गरेको ‘अ गाइड टु दी बर्डस् अफ नेपाल’ नामक पुस्तकमा यो चरा नेपालबाट सम्भवतः लोप भइसकेको भनेर उल्लेख गरेका थिए । विदेशी विज्ञहरुले पर्याप्त खोज नै नगरी ‘हंरायो’ लोप भयो भनी गरेको घोषणालाई चरा खोजकर्ता खरेलले गलत सावित गरिदिएकामा खुशी लागेको मादेनले उल्लेख गरे। 

खरेलले नै मेचीनगर–३ बेँसीबजारमा ग्रेट हर्नबिल, मेचीनगर–११ को बाँसबारी वनमा ओरियन्टल हर्नबिल र मेचीनगर–६ काँकडभिट्टामा इन्डियन ग्रे हर्नबिलको तस्बिर खिचेको जानकारी दिए। स्थानीय लोकतन्त्र पोष्ट दैनिकमा फोटो पत्रकारितासमेत गर्दै आएका खरेलले चराहरूको खोज तथा अनुसन्धानमा हालसम्म रु सात लाख निजी खर्च गरिसकेको र कुनै निकायबाट आर्थिक सहयोग नपाएको बताए।  पुरानो भइसकेको क्यामेरा र लेन्सबाट चरा खोज गर्न असजिलो हुँदै गएको समस्या सुनाउँदै उनले भने अत्याधुनिक प्रविधियुक्त क्यामेरा किन्न सामर्थ्य नरहेको जानकारी दिए। 

तीन सयभन्दा बढी प्रजातिका चरा पाइने मेचीनगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरेर चरा मार्न निषेध गरिनुपर्ने उनले माग गरे। यही क्षेत्रमा उनले गत वर्ष विश्वमै दुर्लभ मानिएको हरित परेवाका तस्बिर खिचेका थिए। इलामको रोङमा खिचेको रातोढाडे पुष्पकोकिल नामक चराको तस्बिर खिच्ने पनि उनी नेपालको पहिलो व्यक्ति भएको बताइएको छ।

नेपालमा चरा पर्यटनको प्रचुर सम्भावना रहेको जनाउँदै उनले स्थानीय सरकारले यस विषयमा चासो नदेखाएकामा दुःख व्यक्त गरे।  सीमसार मासिने, जंगल क्षेत्रमा मानव अतिक्रमण बढ्ने र खोलाहरुमा ट्र्याक्टर र टिपरको बढ्दो कर्कश आवाजले चराको बासस्थान नासिने क्रम बढेको उनको धारणा छ।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा आज उनले सो कुरा व्यक्त गरेकी हुन् ।  परिषद्का प्रतिनिधिहरु... आइतबार, पुस ६, २०८२
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैर आवासीय नागरिकता लिएका छन् । आइतबार, पुस ६, २०८२
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।... आइतबार, पुस ६, २०८२
ताजा समाचारसबै
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ ! आइतबार, पुस ६, २०८२
बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो आइतबार, पुस ६, २०८२
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट आइतबार, पुस ६, २०८२
परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्