काठमाडौं– उत्तरी डार्फुरमा विश्व खाद्य कार्यक्रमको खाद्यान लुटिएपछि रात्रिकालीन कर्फ्यू लगाइएको छ।
अपरिचित बन्दुकधारीले मंगलबार राति शान्ति मिसनले प्रयोग गर्दै आएका गोदाम र भवनमा भण्डारण गरिएको १७ सयभन्दा बढी टन बराबरको खाद्यान्न लुटेका हुन्।
खाद्यान्न लुटिएको स्थानमा व्यापक गोली चलेको स्थानीयलाई उदृत गर्दै समाचार माध्यमले लेखेका छ।
बुधबार राष्ट्रसंघले पनि एक विज्ञप्ति जारी गर्दै जोखिममा रहेका ७ लाख ३० हजार मानिसलाई १ महिनाका लागि भण्डारण गरिएको खाद्यान्न लुटिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।