• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सन् २०२१ का ७ घटना, जसलाई विश्वले सम्झिरहनेछ

64x64
नेपाल लाइभ शुक्रबार, पुस १६, २०७८  ०७:०२
1140x725

काठमाडौँ– आजबाट सन् २०२१ बिदा हुँदैछ। बितेको वर्ष विश्वका केही राजनीतिक परिदृश्य फरक भए। अफगानिस्तानमा २० वर्षपछि तालिबानहरू सत्तामा फर्किए। अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ सुरक्षा साझेदारीको घोषणा गरे।

कोरोनाभाइरस महामारीको दोस्रो लहर सन् २०२१ मा संसारभरि नै चल्यो। तर, खोपको सर्वसुलभताले यसको नियन्त्रणमा आशाका किरणहरू उदाएका छन्। वर्षको अन्त्यमा आएको ओमिक्रोन भेरियन्टले फेरि एक पटक संसारलाई त्रसित बनायो।

यो वर्ष पनि विश्व व्यापारमा नियन्त्रणका लागि अमेरिका र चीनबीच प्रतिस्पर्धा चल्यो। दुई देशका नेताबीच 'शीतयुद्ध' नै चल्यो। विश्वले लामो समयसम्म सम्झने सन् २०२१ का ७ घटना यहाँ प्रस्तुत गरिएको छ।

१. अमेरिकी संसद भवन ‘क्यापिटोल बिल्डिङ’मा ट्रम्प समर्थकको हमला
अमेरिकाको संसद भवन ‘क्यापिटोल विल्डिङ’मा यो वर्षको सुरुवातमै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले हमला गरेका थिए। राष्ट्रपति निर्वाचनमा पराजय बेहोरेका ट्रम्पका समर्थकको भिडले क्यापिटोल बिल्डिङमा अचानक हमला गर्दा संसदको संयुक्त बैठक नै अवरुद्ध भएको थियो।

संसद भवनमा अमेरिकाका राष्ट्रपति जो बाइडेनको जितलाई औपचारिकता दिने काम भइरहेको थियो। हमलापछि संसद भवनलाई तत्कालै बन्द गरेर सांसदहरुलाई सुरक्षित स्थानमा राखिएको थियो। भिडले सुरक्षा अधिकारीमाथि हमला गर्नेदेखि क्यापिटोलको सार्वजनिक सम्पत्तिमा पनि क्षति गरेका थिए। उनीहरुले हमलापछि केही घण्टालाई क्यापिटोल बिल्डिङ नै आफ्नो कब्जामा लिएका थिए। यो घटनापछि त्यसमा संलग्न पाँच जनाको मृत्यु भएको थियो। जसमध्ये एक महिलालाई गोली लागेको थियो। तीन जनाको स्वास्थ्य समस्याका कारण मृत्यु भएको थियो। अन्य एक जनाको मृत्युको कारण पछिसम्म खुल्न सकेन। 

यही घटनाको परिणामस्वरुप इतिहासमै पहिलो पटक अमेरिकी राष्ट्रपतिलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्यो। पूर्वराष्ट्रपति ट्रम्पलाई ट्विटरले आफ्नो नीति विपरीत चलाएको भन्दै सधैँका लागि प्रतिबन्ध लगायो। त्यस्तै, अर्को सामाजिक सञ्जाल फेसबुकले पनि ट्रम्पलाई २०२३ सम्मलाई प्रतिबन्ध लगाएको छ।

२. म्यानमारमा पुनः सैनिक ‘कू’, सु ची नजरबन्दमा
म्यानमारमा सेनाले फेब्रुअरी १ को बिहानै ‘कू’ गर्दै सत्ता हत्याएको थियो। सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु ची र राष्ट्रपति विन मिन्ट लगायतलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। सेनाले अधिकांश सांसदलाई पनि गिरफ्तार गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

नेताहरुलाई पक्राउ गरेको केही घण्टापछि सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको थियो। सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको थियो।

त्यसपछि केही दिन म्यानमार शान्तजस्तै देखिएको थियो। फाट्टफुट्ट प्रदर्शन भएको थियो। तर, केही दिनमा नै त्यहाँका जनता सैनिक शासनविरुद्ध आन्दोलनमा उत्रिए। लामो समयसम्म चलेको आन्दोलनमा सरकारी कर्मचारी र शिक्षकले पनि साथ दिएका थिए। तर, ५०० भन्दा बढी मान्छेको मृत्यु भएको आन्दोलन विस्तारै सेलाएको थियो।

३. अफगानिस्तानमा फर्किए तालिबान
अमेरिकी नेतृत्वको फौजले काबुलबाट बाहिर धपाएको २० वर्षपछि तालिबान फेरि अफगानिस्तानको सत्तामा फर्कियो। तालिबानहरू १५ अगस्टमा काबुलको राष्ट्रपति भवन प्रवेश गरेका थिए। त्यहाँका राष्ट्रपति असरफ गनीले सुटुक्क देश छाडेर भागेपछि तालिबानहरू राष्ट्रपति भवनमा बन्दुकसहित घुसेका थिए।

Xtrem

Xtrem

तालिबानले सत्ता हातमा लिएपछि काबुलमा सर्वसाधारण निकै त्रसित भए। अफगानिस्तान छाड्नेको भिडले काबुल विमानस्थल अस्तव्यस्त बनेको थियो। काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि पनि आफ्ना कर्मचारी र कुटनीतिज्ञलाई फिर्ता लैजान अमेरिकी सेनाले काबुल विमानस्थल छाडेको थिएन।

यसअघि अमेरिकी सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्णरूपमा आफ्नो सेना फिर्ता गरेको थियो। त्यही कारण तालिबान सहज रुपमा काबुल पसेको थियो। 

४.स्वेज नहरमा पानीजहाज फस्दा विश्वकै महँगो ट्राफिक जाम
विश्वकै व्यस्त व्यापारिक मार्ग इजिप्टको स्वेज नहरमा मार्च २३ मा मालवाहक पानीजहाज अड्किएपछि अवरुद्ध भयो। ६ दिनसम्म उक्त जलमार्ग अवरुद्ध हुँदा ६ देखि १० अर्ब अमेरिकी डलर बराबरको व्यापार रोकिएको समाचार संस्था रोयटर्सले जनाएको थियो। त्यति बेला यो नहरमा कम्तीमा ३६९ वटा पानीजहाज अड्किएका थिए। स्वेज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेका थिए।

‘एभर गिभन’ नामक जहाज त्यहाँ अड्किएको थियो। करिब ४०० मिटर लामो तथा ५९ मिटर चौडाइ भएको मालवाहक पानीजहाज तेर्सो परेर अड्किएपछि एसिया र युरोप जोड्ने जलमार्ग ठप्प भएको थियो । पछि यसको पछाडिको भागलाई नहरको किनारातिर तानिएको थियो। त्यसका लागि १४ वटा डुंगाहरू प्रयोग गरिएको थियो । 

अचानक आएको हावाहुरीका कारण विशाल पानीजहाज नहरमा तेर्सिएको थियो। दस वर्ष लगाएर सन् १९६९ मा निर्माण सम्पन्न भएको नहर १९३.३ किलोमिटर लामो छ । एसिया र युरोपबीचको सबैभन्दा छोटो जलमार्गबाट विश्वको १२ प्रतिशत व्यापार हुने गर्छ। 

५. कोभिड भ्याक्सिनको सर्वसुलभता 
सन् २०२१ मा कोभिडविरुद्धको खोप सबै देशमा पुग्यो। यसको सर्वसुलभताले महामारी नियन्त्रण गर्न सघाउ पुर्‍यायो। तर, यो वर्ष नै नयाँ भेरियन्टका कारण चिन्ता पनि थपियो।

No description available.

सन् २०२१ मा नै डेल्टा भेरियन्टका कारण विश्वभरि नै कोरोना महामारीको दोस्रो लहर चल्यो। वर्षको अन्त्यमा दक्षिण अफ्रिकाबाट सुरु भएको भनिएको ओमिक्रोन भेरियन्टले त्रास थप्यो। तर, यो भेरियन्ट धेरै घातक नभएको चर्चासँगै त्रास कम भएको छ। यद्यपि, भारत, बेलायतलगायत देशमा यात्रा प्रतिबन्धमा कडाइ गरिएको छ। नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु सुरु गरिएको छ।

६.उत्तर कोरियामा ११ दिनसम्म हास्न र किनमेलमा प्रतिबन्ध
उत्तर कोरियाका पूर्वनेता तथा किम जोङ उनका बुवा, किम जोङ इलको १०औं पुण्यतिथिको अवसरमा ११ दिनसम्म शोकको घोषणा गरिएको थियो। शोकको घोषणा गर्दै उत्तर कोरियाले आफ्नो नागरिकलाई डिसेम्बर १७ देखि ११ दिन हाँस्न, रक्सी पिउन र किनमेलका लागि प्रतिबन्ध लगाएको थियो।

No description available.

यी ११ दिनमा कसैको मृत्यु भएमा रुनसमेत अनुमति थिएन। त्यस्तो परिवारले शवलाई राष्ट्रिय शोकपछि मात्र घरबाट निकाल्नु पर्ने बीबीसीले समाचारमा उल्लेख गरेको थियो। यस अवधिमा जन्मदिनसमेत मनाउन प्रतिबन्धित थियो। 

१७ डिसेम्बर दिउँसो पूरै देशमा एक साथ साइरन बजाइएको थियो र मानिसहरु तीन मिनेटका लागि कुमसुसान दरबारको दिशामा उभिएर इललाई श्रद्धाञ्जली दिएका थिए। किम जोङ इलको मृत्यु २०११ डिसेम्बर १७ मा भएको थियो। उनको मृत्युको दुई दिनसम्म कुनै आधिकारिक घोषणा गरिएको थिएन। दुई दिनपछि सरकारी सञ्चारमाध्यममा यसबारे घोषणा गरिएको थियो।

७. मनाेरन्जनमा स्क्विड गेमको प्रभाव
२०२१ मा विश्वले याद गर्ने अर्को घटना हो, ‘स्क्विड गेम’ वेब सिरिजको प्रदर्शन। नेटफिल्क्समार्फत रिलिज भएको यो सिरिजले विश्वलाई नै चकित बनाइदियो। 

No description available.

नेटफिल्क्सको इतिहासकै सबैभन्दा सफल र धेरै आम्दानी गर्ने सिरिज बन्यो। दक्षिण कोरियाली यो सिरिजमा बालबालिकाले खेल्ने विभिन्न ६ वटा खेलहरुमार्फत जीवन र मृत्युको कथालाई देखाइएको छ। ह्वाङ दुक ह्युकको निर्देशनमा बनेको यो सिरिज सेप्टेम्बर १७ मा प्रदर्शनमा आएसँगै ऋणैऋणमा डुबेको नेटफिल्क्सलाई उकास्ने मात्रै नभएर मानिसबाट हराइरहेको यसको साखलाई पनि जोगाउनमा उत्तिकै भूमिका खेल्यो। 

तथ्यांकका अनुसार नेटफिल्क्सले कुल १ बिलियन अमेरिकी डलर आसपासको आम्दानी गरेको छ। सिरिजको निर्माण भने २१ मिलियन अमेरिकी डलर खर्च गरेर बनाइएको थियो। 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्