काठमाडौं– भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित भएका छन्। केन्द्र सरकारले बिहीबार उक्त जानकारी दिएको हो।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार ३२० जना संक्रमणपछि निको भइसकेका छन्।
‘भारतमा गत हप्तासम्म दैनिक औसतमा ८ हजार कोरोना संक्रमित फेला परेका थिए। समग्र सकारात्मकता दर ०.९२ प्रतिशत थियो। डिसेम्बर २६ पछि करिब १० हजारमा कोरोना संक्रमण हरेक दिन फेला परिरहेका छन्,’ उनले भने।
देशका ८ जिल्लामा साप्ताहिक पोजिटिभ दर १० प्रतिशतभन्दा बढी रहेको उनले बताए। तीमध्ये मिजोरमका ६ जिल्ला छन्। एउटा जिल्ला अरुणाचल प्रदेशको हो। यसमा पश्चिम बंगालको कोलकाता शहर पनि समावेश छ।
अग्रवालले देशका १४ जिल्लामा साप्ताहिक पोजिटिभ दर ५ देखि १० प्रतिशत रहेको बताए । देशको ९० प्रतिशत वयस्क जनसंख्याले कोरोना भ्याक्सिनको पहिलो डोज लिएको जनाकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।