काठमाडौं– साउदी अरब सरकारले मुस्लिमहरूको पवित्र शहर मक्काको ग्रान्ड मस्जिदमा सामाजिक दूरी जस्ता प्रोटोकल पुन: लागू गरेको छ।
कोरोना संक्रमणहरु बढ्न थालेपछि प्रोटोकल लागू गरिएको हो। सामाजिक दूरीको नियम पालना गर्न मस्जिदको भुइँमा घेरा बनाइएको छ।
यद्यपि, मक्का आउनेको संख्यामा कुनै कमी नआएको साउदीका अधिकारीहरूले बताएका छन्।
यसअघि साउदी सरकारले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र सामाजिक दुरी अनिवार्य गरेको थियो। यी नियमहरू इनडोर र आउटडोर दुवै लागू हुनेछ।
साउदी सरकारका एक मन्त्रीले नयाँ नियम बिहीबारदेखि लागू हुने जानकारी दिएका थिए। साउदीमा पनि पछिल्ला दिनमा संक्रमणको घटना बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।