काठमाडौं- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गरेका छन्।
विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले प्रेस विज्ञप्तिमार्फत्, एन्टोनी जे ब्लिन्केनले आज फ्रान्सेली विदेश मन्त्री जीन-यवेस ले ड्रायन, जर्मन विदेश मन्त्री अन्नालेना बेरबक, र बेलायती विदेश मन्त्री एलिजाबेथ ट्रससँग कुरा गरेको जानकारी दिएका हुन्।
उनीहरूले युक्रेन विरुद्ध कुनै पनि थप रुसी आक्रमणलाई रोक्न निरन्तर समन्वयको महत्त्वबारे छलफल गरेका छन् र साथै उनीहरूले युक्रेनको स्वतन्त्रता, सार्वभौमसत्ता, र क्षेत्रीय अखण्डताको लागि आफ्नो अटल समर्थन पनि पुन: दोहोर्याएका छन्।
संयुक्त राज्य अमेरिका र रुसले जनवरी १० मा हतियार नियन्त्रण र युक्रेनका विषयमा वार्ता गर्नेछन्। साथै नेटोसँग सुरक्षा ग्यारेन्टीका विषयमा वार्ता जनवरी १२ मा स्वीट्जरल्याण्डको जेनेभामा हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।