• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

उत्तर प्रदेशमा किन ब्राह्मणसँग त्रसित छ भाजपा? 

64x64
नेपाल लाइभ बिहीबार, पुस १५, २०७८  १८:५९
1140x725

भारत- उत्तर प्रदेशको विधानसभाका ४०३ सिटमा भाजपाबाट ४६, समाजवादी पार्टीबाट ३, बहुजन समाज पार्टीबाट ३, कांग्रेसबाट १ र स्वतन्त्रबाट २ गरी ५५ जना ब्राह्मण सांसद छन्। यो आंकडाले देखाउँछ २०१७ को प्रादेशिक निर्वाचनमा ब्राह्मण समुदायले भाजपालाई खुलेर समर्थन गरेका थिए।

तर चुनाव आउन केही दिन मात्रै बाँकी रहँदा केही त्यस्ता घटनाक्रम देखिएका छन्, जसले फरक तस्बिर देखाइरहेको छ। भाजपासँग ब्राह्माण समुदाय रिसाएको अड्कालबाजी सत्यनजिक देखिन्छ।

भाजपाले २०२२ को सुरुमै हुने उत्तर प्रदेशको निर्वाचनमा ब्राह्मण समुदायसँग सम्बन्ध कायम राख्नका लागि एक उच्चस्तरिय समिति गठन गरेको छ। जुन समितिमा प्रदेशसँग जोडिएका ब्राह्मण नेतालाई सदस्य बनाइएको छ र अध्यक्षता गोरखपुरबाट राज्य सभा सांसद शिवप्रताप शुक्लले गरिरहेका छन्। 

यही बैठकसँग जोडिएको एक ह्वाट्सएप म्यासेज भाइरल भइरहेको छ, जहाँ ब्राह्मण नेताले पार्टीका शीर्ष नेतासँग भडाँस पोखिरहेका छन् र भनिरहेका छन्- भाजपाको प्रदेश सरकारले ब्राह्मणका विषयमा सुनुवाइ नै गरेन।

सवाल उठ्न थालेको छ- यदी ब्राह्मणका पूरा भरोसा योगी आदित्यनाथ सरकारप्रति छ भने दिल्लीको केन्द्रीय नेतृत्वले प्रदेशका ब्राह्मण नेताहरुसँगै छुट्टै बैठक किन गरिरहेको छ?

उत्तर प्रदेशमा किन ब्राह्मण समुदाय महत्त्वपूर्ण?

उत्तर प्रदेशमा ब्राह्मण भोटरको संख्या १२ प्रतिशत मात्रै छ। तर सन् १९८९ देखि ब्राह्मण कार्ड जुन पार्टीमा चल्यो, सत्ता उसैले हासिल गर्‍यो। भोटरको संख्या कम देखिए पनि ब्राह्मण समुदाय उत्तर प्रदेशमा सर्वाधिक प्रभावशाली मानिन्छ। 

सन् १९८९ बाट उत्तर प्रदेशमा ८ ब्राह्मण मुख्यमन्त्री भए। पछिल्ला तीन दशकमा यो समुदायबाट मुख्यमन्त्री त कोही बनेका छन्। तर जो मुख्यमन्त्रीको कुर्सीमा छन्, त्यहाँ पुर्‍याउने तागत ब्राह्मण समुदायको छ। किनभने उत्तर प्रदेशमा लगभग ६० सिटमा ब्राह्मण भोटरको भूमिका महत्त्वपूर्ण रहन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

वरिष्ठ पत्रकार सुमन गुप्ताको बुझाइ छ, सवाल केवल ब्राह्मण भोटको संख्याको मात्रै होइन। उनी थप्छन्, 'ब्राह्मण समाज यस्तो तप्का हो, जसले समाजमा धारणा बनाउने बनाउने काम गर्छ। ब्राह्मण समुदायको एकतर्फी झुकाव यसपल्ट भाजपासँग किन हुँदैन भने राज्यको शीर्ष नेता अर्थात् मुख्यमन्त्री ठाकुर बिरादरीका छन्। यस्तोमा आम धारणा बन्छ- यो त ठाकुर सरकार हो।'

यसपल्ट पहिलेको चुनाव भन्दा किन फरक छ भने गएको विधानसभाको चुनावमा मुख्यमन्त्रीको खाश अनुहार थिएन। तर यसपल्ट योगी आदित्यनाथको नाममा चुनाव लड्न गइरहेको छ। यसकारण भाजपाको नजर ब्राह्मण भोटमाथि अवश्य छ कि, यो त ठाकुरको सरकार हो भनेर उनीहरु नटक्टकिउन्।

उत्तर प्रदेशमा ब्राह्मण कि त शिक्षक छन्, कि त कथावाचक। उनीहरु गाउँसँग सिधा सम्पर्कमा रहेका जाति हुन्। उनीहरु कुनै उत्सवमा मात्रै होइन, जन्म वा मृत्युमा समेत घरघर पुगेका हुन्छन्। त्यसैले उनीहरु चुनावमा माहोल बनाउन भूमिका खेल्छन्। त्यो डर योगी सरकारलाई निकै छ- यसपल्ट उनीहरु आफू विरोधी माहोल नबनाउन्। 

सन् २००७ को विधानसभा एउटा उदाहरण हो। राज्यमा जब 'ब्राह्मण शंख बजाएगा, हाथी बढ्ता जायगा' नाराका साथ सत्त बहुजन समाजवादी पार्टी (बसपा)ले सत्ता हासिल गरेको थियो।

Xtrem

Xtrem

रणनीति कति दमदार?

शिवप्रताप शुक्ललाई यस समितिका अध्यक्ष बनाइएको छ। वरिष्ठ पत्रकार योगेश मिश्र भन्छन्, 'शिवप्रताप शुक्ल र योगी आदित्यनाथ बीच मतभेद छ। भाजपा यही रणनीतिलाई लिएर निष्कर्ष निकालिरहेको छ। यसको परिणाम उल्टो हुन सक्छ।'

शुक्ल लगातार सोही इलाकामा रहे पनि योगी आदित्यनाथसँग सम्बन्ध सुमधुर बन्न सकेन। योगी आदित्यनाथकै कारण शुक्लले विधानसभाको चुनाव समेत हारे। त्यसपछि शुक्ललाई न ब्राह्मण समुदायबाट शक्ति मिल्यो, न उनलाई त्यस्तो कुनै अवसर प्राप्त भयो, जहाँबाट उनी आफ्नो समुदायका लागि केही गर्न सकुन्।

योगीका विरुद्ध ब्राह्मण विरोधी छवि बनाइएको छ। भाजपाले त्यसलाई परास्त गर्नुपर्छ। तर त्यसका लागि शुक्ल सही हतियार होइनन्। 

उनी ब्राह्मणका साथै सांसद् पनि भएकाले संकटमा ब्राह्मणले उनलाई आफ्ना नेता मानेपनि उत्तर प्रदेशमा उनले भाजपाका लागि खास वातावरण बनाउन नसक्ने बताइएको छ। 

समस्या  एकतिर मात्रै छैन, शुक्ललाई अघि बढाउँदा ठाकुर समुदाय रिसाउने सम्भावना छ। ब्राह्मण १२ प्रतिशत छन् भने ठाकुर ७ प्रतिशत।

समाजवादी  पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री आइपी सिंहले भाजपामाथि व्यंग्य गर्दै ट्विट गरेका छन्, 'ठाकुर योगीजीलाई अब ब्राह्मण समाजको याद आइरहेको छ। मुख्यमन्त्री बन्नेबित्तिकै गोरखपुर पूर्वाञ्चल मात्रै होइन, युपीकै सवैभन्दा ठूला ब्राह्मण नेता पण्डित हरिशंकर तिवारीजीको घरमा अकारण छापा मारिएको थियो। उनको अपमान गरियो। छोरी खुशी दुबेको हातको मेहन्दी पखालिएको थिएन, विवाह गरेको चार दिनमै जेलमा हालिएको थियो।'

अहिले हरिशंकर तिवारी गोरखपुरको कद्दावर ब्राह्णण नेता हुन्। जो योगी आदित्यनाथलाई उनकै गढमा सिधा चुनौती दिँदै आइरहेका छन् । उनी केही समयअघि मात्रै बसपा छाडेर सपरिवार सपामा पुगेका छन्। 

सपा योगी सरकारमाथि तिवारी र उनको परिवारलाई निशानामा राखेको आरोप लगाइरहेको छ। विवादित विका दुबे इनकाउन्टरको डेढ सालसम्म पनि खुशी दुबेलाई जमानत मिलेन र विपक्ष खुलेआम ब्राह्मण समाजकी एक युवतीको गिरफ्तार गरेर जेल चलान गरेको आरोप योगी सरकारमाथि लगाइरहेका छन्। यो मुद्दा आम आद्मी पार्टीका नेता तथा सांसद सञ्जय सिंहले पनि लगातार उठाइरहेका छन्। 

अस्थिर ब्राह्मण समाज

अखिलेश सरकारका पूर्व मन्त्री तथा सांसद मनोजकुमार पाण्डे समाजवादी पार्टीसँग ब्राह्मण जोड्न लागिपरेका छन्। भाजपाको रणनीतिबारे उनको टिप्पणी छ, 'भाजपाले समिति बनाएको छ। यसको अर्थ हुन्छ कि ब्राह्मण समुदायले भाजपा छाड्दै गएको छ। ब्राह्मण आफ्नो अवस्थाअनुसार भोट दिन्छन्। उनीहरु त्यहाँ पुग्छन्, जसले सम्मान गर्छ।'

ब्राह्मणले सन् २००७ मा र सन् २०१२ मा आफ्नो परिस्थितिको हिसाब गरेर भोट दिए। यसले ब्राह्मणको प्राकृतिक पार्टी भाजपा नभएको प्रमाणित हुने पाण्डे बताउँछन्। २०२२ मा पनि यस्तै परिस्थिति बनिरहेको उनको दाबी छ। ब्राह्मण भेडाबाख्राले जस्तै भोट नगरेर उनीहरु कामको मूल्यांकन गरेर मात्रै गर्छन्। यही कारण उनीहरु समाजवादी पार्टीसँग जोडिएका छन् र भाजपालाई यही कारणले चिन्तित बनाएको उनको बुझाइ छ। 

सन् २००७ मा बहुजन समाजवादी पार्टीले दलित र ब्राह्मणलाई लिएर सामाजिक इञ्जिनियरिङको फर्मुला अपनायो र पूर्ण बहुमतको सरकार बनायो। 'सर्वजन हिताय सर्वजन सुखाय'को नाराबाट चलिरहेकी मायावती सन् २००७ को ऐतिहासिक जित दोहोर्‍याउनबाट निकै टाढा छिन्। 

ब्राह्मण भोटको कुरा गर्दा सन् २००७ मा बसपाले ८६ प्रतिशत ब्राह्मणलाई टिकट दिएको थियो । तीमध्य ५७ प्रतिशतले चुनाव जितेका थिए।

अहिले भाजपाले नयाँ ब्राह्मण समिति बनाएर उत्तर प्रदेशका सवै ४०३ सिटमा ब्राह्मणसँग सम्बन्ध बनाउने जिम्मेवारी दिएको छ। तर सवाल उठिरहेको छ- चुनाव आउनु केही दिनअघि मात्रै बनेको यो कमिटीले समयमै यो अभियानलाई उपलब्धिसम्म पुर्‍याउला?

(बीबीसी हिन्दी र अन्य भारतीय सञ्चामाध्यमको सहयोगमा)

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्