काठमाडौं– इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पले सामान्य भौतिक क्षतिमात्र भएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ।
बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा केही घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताएको छ। भूकम्पले सुनामी भने नआएको उसले बताएको छ। स्थानीय समय अनुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिणपश्चिम मालुकु जिल्लाको टियाकुर शहरबाट १३२ किलोमिटर पूर्वमा र समुन्द्री तलबाट १८३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको बीएमकेजीले बिहीबार जनाएको छ ।
भूकम्पपछि ५.२ म्याग्निच्युडका तीनवटा परकम्पनहरू रेकर्ड गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।