भारत- महात्मा गान्धीलाई गाली गरेका एक जना भारतीय बाबा पक्राउ परेका छन्। रायपुरका धर्म संसदमा महात्मा गान्धीलाई गाली गरेका कालीचरण महाराजलाई आज तड्के रायपुर पुलिसले पक्राउ गरेको छ। कालीचरणलाई मध्य प्रदेशबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ।
रायपुरका एसपी प्रशान्त अग्रवालले भने, 'बागेश्वर धाम नजिक एक व्यक्तिको घरबाट चार बजे कालीचरणको गिरफ्तारी भएको हो।'
प्रारम्भिक जाँचपछि प्रहरीले उनीविरुद्ध राजद्रोहको मुद्दा चलाउने तयारी गरेको छ।
अग्रवालका अनुसार प्रहरी टीम कालीचरणलाई लिएर रायपुर गएको छ। उनलाई रायपुरको स्थानीय अदालतमा पेस गरिने छ।
प्रहरीका अनुसार कालीचरण महाराजलाई पक्राउ गर्न तीन अलग अलग टीम परिचालन गरिएको थियो।
रायपुर ‘धर्म संसद’ को एक भिडियो भाइरल भएको थियो जसमा अकोलाका कालीचरण महाराज महात्मा गान्धीलाई गाली गरिरहेका देख्न सकिन्छ।
उनले गान्धीलाई अभद्र गाली गर्दै गान्धीको हत्या गर्ने नाथुराम गोडसेको प्रशंशा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।