काठमाडौं- अंग्रेजी नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि 'सानिमा सजिलो ई-बैकिङ नयाँ वर्ष धमाका योजना' सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरुले सानिमा सजिलो ई-बैकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कार जित्नसक्ने बैंकले जनाएको छ।
मोबाइल एप निर्माता एफवान सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा तीन जना भाग्यशाली विजेताले आईफोन १३, दुई जना भाग्यशाली जोडीले बाली-इन्डोनेसिया भ्रमण र पाँच जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्ने छन्।
त्यस्तै, पहिलोपटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन १०० रुपैयाँ 'क्यास ब्याक' पनि प्राप्त गर्न सक्ने छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैकिङ एप 'सानिमा सजिलो ई-बैंकिङ' प्रयोग गरी तीन महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्ने बैंकले जनाएको छ।
यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।