काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले ईबीएल-टच२४ (मोबाइल एप)लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ।
बुधबार बैंकले आफ्नो मोबाइल बैंकिङ संस्करणलाई नयाँ 'ओम्नी च्यानल'मा अपग्रेड गरेको हो।
अपग्रेड गरिएको मोबाइल बैंकिङ सेवाले बैंकका ग्राहकहरूलाई जुनसुकै बेला र जहाँसुकै (मोबाइल, ट्याब, कम्प्युटर, ल्यापटप आदि) बाट डिजिटल प्लेटफर्महरू प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ।
बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एफवान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितिमा उक्त प्रणालीको शुभारम्भ गरिएको हो।
एभरेष्टले हाल हाल देशभर १०५ शाखा, ३१ राजस्व संकलन काउन्टर, १३८ एटीएम तथा फराकिलो विश्वव्यापी नेटवर्कमार्फत् अन्तर्राष्ट्रियस्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।