रसुवा- शरदऋतुको आगमनसँगै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या दिनानुदिन बढ्न थालेको छ।
लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार यही असोज ६ गतेदेखि बुधबारसम्म ८ सय पर्यटक आगमन भइसकेको र पर्यटकको आगमन शुल्कबापत रु २३ लाखभन्दा बढी राजश्वसमेत संकलन भइसकेको छ।
गत चार दिनको तथ्यांक हेर्दा दैनिक ८० पर्यटक आगमन भइरहेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत वृद्धि भएको पर्यटक अभिलेखकर्ता भेटवालले बताए।
इजरायल, फ्रान्स, जर्मन, स्पेन, रसिया, डेनमार्क र अमेरिका लगायतका देशबाट यहाँ पर्यटक आउने गरेका छन्। तीमध्ये सबैभन्दा बढी इजरायली छन्।
हिमाली दृश्यावलोकनका लागि पर्यटक गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा बढी केन्द्रित हुने गरेको यहाँका पर्यटन व्यवसायीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।