काठमाडौं- हङकङमा लोकतन्त्रको समर्थक मिडिया संगठन मध्येको एक सञ्चारमाध्यम बन्द हुन लागेको छ।
स्ट्याण्ड न्युजमा प्रहरीले छापा मारेको छ र केही वरिष्ठ कर्मचारीलाई गिरफ्तार गरेको बीबीसीले जनाएको छ। हङकङ प्रहरीले 'देशद्रोही प्रकाशनहरुलाई प्रकाशित गर्ने अपराध' को आरोपमा सात जनालाई पक्राउ गरेको छ, जसमा वर्तमान र पूर्व कर्मचारी पनि रहेका छन्।
'स्थितिलाई हेर्दै स्ट्याण्ड न्युजले तत्कालै काम बन्द गर्दै छ' संगठनले एक फेसबुक पोस्टमा लेखेको छ। प्रकाशनको कार्यालयमा छापा मार्नका लागि २ सय भन्दा धेरै प्रहरी अधिकारीहरु पुगेका थिए।
हङकङ प्रहरीले एक विज्ञप्तिमा भनेको छ, 'प्रासंगिक पत्रकारिता सामग्री खोज्न र जफत गर्नका लागि' अधिकृतहरु खटिएका थिए।
फेसबुकमा एक पोस्ट गर्दै स्ट्याण्ड न्युजले अब आफ्नो वेवसाइट अपडेट नहुने र आफ्नो सामाजिक सञ्जाल सामाग्रीलाई एक दिन भित्र हटाउने उल्लेख गरेको छ।
उसले आफ्नो कार्यालयबाट कम्युटर र दस्तावेज नियन्त्रणमा लिएको र प्रहरी जाँचमा सहयोग गर्ने जनाएको छ।
पक्राउ पर्नेहरुमा स्ट्याण्ड न्युजका पूर्व र कार्यवहाक मुख्य सम्पादक चुंग पुई कुएन र पैट्रिक लेम, साथै पप स्टारबाट लोकतन्त्रका आइकन बनेका डेनिस हो रहेका छन्। उनी बोर्डका पूर्व सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।