• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

यू–१९ एसिया कप क्रिकेट : न टेस्ट राष्ट्र ‘चकित’ भए, न जितियो खेल

64x64
दीप सुवेदी बुधबार, पुस १४, २०७८  १७:५६
1140x725

 काठमाडौँ- नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टोलीको इतिहास गर्व गर्न लायकको छ। महत्त्वपूर्ण प्रतियोगितामा नेपालले टेस्ट राष्ट्रहरूलाई पनि पराजित गरेको छ। यू-१९ एसिया कपमा नै पनि सन् २०१७ मा नेपाल सेमिफाइनलसम्‍म पुगेको थियो।

मलेसियामा आयोजना भएको उक्त प्रतियोगितामा नेपाललाई फाइनल खेल्ने ठूलो अवसर थियो। तर, सेमिफाइनलमा अफगानिस्तासँग ७ विकेटले हार्न पुग्यो। पछिल्लो पटक सन् २०११ मा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको नेपाल ६ वर्षपछिको महत्त्वपूर्ण खेलमा भने पराजित भयो।

अन्तिमसम्म संघर्ष गरेर नेपाल सेमिफाइलनमा पुगेको थियो। सुरुका दुई खेलमध्ये नेपालले भारतलाई पराजित गरेको थियो भने बंगलादेशसँग हारेको थियो। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोलीले भारतलाई १९ रनले हराएको थियो। अन्तिम खेलमा जित्नुपर्ने मात्र होइन भारत बंगलादेशसँग हार्नुपर्ने अवस्था थियो। वर्षाले प्रभावित दुवै खेलमा नेपालले मलेसियालाई तथा बंगलादेशले भारतलाई समान ८ विकेटले पराजित गरे। 

नेपाल त्यतिबेला पहिलोपटक सेमिफाइनल पुगेको थियो। कुनै बेला बलिया टेस्ट टोलीलाई हराउँदै यू-१९ विश्वकपको ‘प्लेट च्याम्पियन’सम्मको उपाधि जितेको नेपालको युथ टोली बलियो मानिन्थ्यो। उमेर समूहमा राम्रो छाप छोडेको नेपाल यसपटक पनि यू-१९ एसिया कपमा पुरानै प्रदर्शन दोहोर्‍याउन चाहन्थ्यो।

मलेसिया उड्नुअघि कप्तान देव खनालमा आत्मविश्वास पनि झल्कन्थ्यो। उनले भनेका थिए, ‘बंगलादेश र श्रीलंका टेस्ट टोली हुन्। नेपाल पनि राम्रो खेलिरहेको टोली हो। हामी राम्रो प्रतिस्पर्धा दिनेछौं। हाम्रो लक्ष्य राम्रो क्रिकेट खेल्दै नेपाललाई गर्व गराउने हो। टिमको हिसाबमा हाम्रो लक्ष्य फाइनल जित्ने नै हो।’

दुर्भाग्य! नेपालले समूहचरण पार गर्नु त परै जाओस् कसैले कल्पनै नगरेको कुवेतसँग पनि एक विकेटले हार्न पुग्यो। नेपाल तीन खेलमा जितविहीन हुँदै बाहिरियो। 

नेपालले उमेर समूहको खेलमा यसअघि कुवेतसँग हारेको रेकर्ड थिएन। सबै खेलमा सहज जित हात पारेको थियो। २०१९ मा ८ विकेट, २०१५ मा ८३ रन, २०१४ मा २६२ रन र २०१३ मा ८४ रनले विजयी भएको थियो। तर, यसपटक खराब बलिङका कारण नेपाल पराजित भयो। 

नेपालको प्रदर्शन कुवेतसँग मात्रै होइन बंगलादेश र श्रीलंकासँग पनि राम्रो रहेन। पहिलो खेल बंगलादेशसँग १५४ र दोस्रो खेल श्रीलंकासँग ६० रनले गुमायो। नेपाल समूह ‘बी’ कै कमजोर टोली सावित भयो।

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि प्रशिक्षक वसन्त शाही ठकुरीले नेपालले फेरि ‘आश्चर्यचकित’ पार्ने गरी प्रदर्शन गर्ने बताएका थिए। तर, बंगलादेश र श्रीलंका निकै बलियो टोली थिए। सन् २००८ यता बंगलादेशको यू-१९ टोलीसँग पाँच खेल खेलेको नेपाल चारपटक हारेको छ। एउटा खेल वर्षाले हुन सकेन।

नेपाल र श्रीलंका यू-१९ बीच पनि सन् २००८ यता पाँच खेल नै भएका छन्। सबै खेलमा नेपाल पराजित भएको छ। सन् २०१६ को एसिया कपबाहेक अन्य सबै खेलमा नेपालले सहजै हार बेहोरेको थियो। २०१६ मा भने दीपेन्द्रसिंह ऐरीले ९० रनको इनिङ्स खेल्दा नेपाल १ रनको साँघुरो हार बेहोर्न बाध्य भएको थियो। 

यसपटक पूरै प्रतियोगितामा नेपाली ब्याट्सम्यानले निराश तुल्याए। अधिकांश अलराउन्डर बोकेर प्रतियोगितामा उत्रिएको नेपालका लागि बसिर अहमद, अर्जुन साउद र विवेक मगरले मात्रै सन्तोषजनक खेल देखाए। तीनै जनाले एक-एक अर्धशतक बनाए।

बसिरले समूहचरणका तीन खेलमा एउटा अर्धशतकसहित १०७ रन बनाए। अर्जुनले तीन खेलमा ८९ र विवेकले ८५ रन बनाए। अन्य खेलाडीले भने खासै प्रभाव जमाउन सकेनन्। प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान देवले तीन खेलमा ४५ रन मात्रै बनाउन सके। 

ब्याटिङ मात्रै नभएर समग्र प्रतियोगितामा नेपालको बलिङ पनि उत्तिकै खराब देखियो। सिनिर टोलीमा स्थान बनाइसकेका गुलशन झाले तीन खेलमा २६ ओभर बलिङ गर्दै १६० रन दिएर जम्मा चार विकेट लिए। विवेक यादवले १२९ रन दिएर ३ विकेट लिए। कप्तान देवले २५ ओभरमा ९९ रन दिँदा विकेटविहीन बने।

घरेलु लिगमा ‘धमाका’, अन्तर्राष्ट्रिय प्रतियोगितामा फितलो
नेपालको ब्याटिङ सिनियर, उमेर समूह र महिला टोली सबैको कमजोर मानिन्छ। तर, उमेर समूहको टोलीसँग यसपटक त्यो तथ्यलाई गलत सावित गराउने मौका थियो। घरेलु क्रिकेटको प्रदर्शन हेर्ने हो भने नेपाली उमेर समूहको टोलीको खुबी नै ब्याटिङ थियो। 

एसिया कपमा सहभागी हुनुपूर्व सम्पन्न यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कप्तान देवले लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउन ६ खेलमा चार अर्धशतक प्रहार गरेका थिए। गण्डकीबाट खेलेका अर्जुन कुमालले प्रधानमन्त्री कप र यू-१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए। मलेसिया जानुअघि भएको अभ्यास खेलमा नेपाली घरेलु क्रिकेटको बलियो टोली पुलिसलाई ७ विकेटले हराउँदा अर्जुनले ९३ रनको सानदार इनिङ्स खेलेका थिए। तर, बंगलादेशविरुद्धको एउटा खेलमा मात्र मौका पाएका उनले जम्मा ५ रन बनाए।

अलराउन्डर विवेक यादवले पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आएका छन्। ब्याटिङमा टिकेर खेल्नसक्ने र आवश्यकता पर्दा आक्रामक पनि बन्ने क्षमताका कारण उनी भविष्यमा आशा गरिएका खेलाडी हुन्। ‘फिनिसर’को भूमिका पाएका उनले यसपटक एसिया कपमा ब्याटिङमा गतिलो प्रदर्शन गर्न सकेनन्। 

नेपालको बलिङ पनि गतिलो हुन सकेन। यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सबैभन्दा सफल रहेका बलर मोहम्मद हुसैन घाइते हुँदा नेपालले त्यसको मूल्य चुकाउनुपर्‍यो। बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले राष्ट्रिय प्रतियोगिताको पावर प्लेमा विपक्षीको शीर्षक्रमका प्रमुख विकेट हात पारेका थिए। उनले लिएका १३ मध्ये शीर्षक्रमका सात, मध्यक्रमका चार र तल्लोक्रमका दुई विकेट थिए। उक्त प्रतियोगितामा ५५ ओभर बलिङ गर्दा १२ ओभर मेडनसहित १९३ रन खर्चेर १३ विकेट लिएका थिए। 

गत असोजमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्ल्याडियटर्सबाट खेलेका उनले निकै राम्रो छाप छाडेका थिए। उनलाई नेपाली सिनियर टोलीकै भविष्यको रुपमा हेरिएको छ। तर, दुर्गेशले एसिया कपमा त्यो जादुमयी प्रदर्शन देखाउन सकेनन्।

कहाँ चुक्यो क्यान?
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एक रत्ती अन्याय हुन नदिने संयत्र बनाएको बताएका थिए।

समापन समारोहमा निकै कडा अभिव्यक्ति दिने क्रममा उनले खेलाडी छनोट निष्पक्ष गर्ने र उत्कृष्ट प्रदर्शन गर्नेलाई कसैले लुकाउन नसक्ने बताएका थिए। उनले सिनियर टोलीका पूर्वकप्तान पारस खड्कातर्फ संकेत गर्दै भनेका थिए, ‘क्यान निलम्बनमा हुँदा खेलाडी छनोटमा आर्थिक चलखेलसमेत हुने गरेको थियो। तर, यसपटक खेलाडीको प्रदर्शनकै आधारमा छनोट हुने परिपाटी बनाइएको छ।’

चन्दको उक्त भनाइले युवा खेलाडी निकै उत्साहित थिए। कुनै पनि खेलाडी छनोट गर्दा प्रदर्शन मात्र होइन उसको क्षमता पनि हेरिन्छ। क्यानको मुख्य छनोट समितिमा पूर्वकप्तान उत्तम कर्माचार्य र बासुदेव जोशी थिए। छनोट समितिलाई राय दिन पूर्वक्रिकेटर दीपेन्द्र चौधरी र चन्द्र सावदसहित तीन जना थिए। 

तर, चन्दले दिएको अभिव्यक्तिको चार घण्टापछि यू-१९ को प्रारम्भिक टोली घोषणा हुँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेटिएनन्। प्रतियोगिताकै उत्कृष्टमध्येका एक मानिएका तीव्र गतिका बलर दुर्गेश गुप्ता नै टोलीमा थिएनन्। त्यस्तै, लुम्बिनीलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका विशालविक्रम केसी पनि अटाएनन्। 

विशालले ५ इनिङ्समा १०६ रन बनाउनुको साथै १० विकेट लिएका थिए। बसिर अहमदपछि १०० रन बनाउने र १० विकेट लिने खेलाडीको सूचीमा उनी नै थिए। नेपाललाई यू-१६ इस्टर्न रिजनको उपाधि जिताइसकेको टिमका कप्तान हुन् विशाल।

त्यस्तै, प्रदेश १ का स्पिनर लव कामत पनि टोलीमा परेनन्। लवले ६ खेलमा १२ विकेट लिएका थिए। पछिल्लो समय सिनियर टोलीमा निरन्तर बन्द प्रशिक्षणमा रहँदै आएका लोकेश बमलाई क्यानले प्रारम्भिक टोलीमा नै छनोट गरेन। एसिया कप खेल्न गएको नेपाली टोलीमा यसअघि यू-१९ खेलेका शेर मल्ल, विवेक यादव र तिलकराज भण्डारी मात्र समेटिए। अन्य सबै नयाँ थिए।

अवस्था कस्तो रह्यो भने, क्यानले टोली घोषणा गर्दा बलिङ ‘डिपार्टमेन्ट’ नै थिएन। नेपाली टोलीमा यसपालि ‘जिनियस’ बलरभन्दा पनि अलराउन्डर छनोट गरिएको थियो। फर्ममा नरहेका गुलशन झालाई सिनियर टोलीमा खेलेकै आधारमा समावेश गरिएको थियो। 

नेपाली क्रिकेटको परम्परा नै हो, जित्यो भने खेलाडीलाई बधाई दिने, हार्‍यो भने मैदानलाई दोष। तर, यसपटक मैदानलाई दोष दिएर उम्कन भने प्रशिक्षक ठकुरीले पाउने छैनन्। यति ठूलो प्रतियोगितामा सहभागी हुन एक साता वा १० दिनको प्रशिक्षणले पुग्दैन। यही प्रतियोगितामा सहभागी हुन श्रीलंकाले इंग्ल्यान्डसँग पाँच एकदिवसीय खेलको शृंखला खेलेर मलेसिया पुगेको थियो । बंगलादेशले पनि विभिन्न उमेर समूहमा खेलिरहेको खेलाडी समेटेर बलियो टोली बनाएको थियो। 

तर, नेपाली खेलाडीका लागि ‘एक्सपोजर’ प्रतियोगिता नै भएन। क्यानले १२-१३ दिनको क्याम्प गर्‍यो। एपीएफ र पुलिससँग दुई अभ्यास खेल खेलायो। क्यान र केही सिनियर खेलाडीबीच टकराव हुँदा राष्ट्रिय टोलीसँग अभ्यास खेल हुन सकेन। नेपाली टोली यतिकै भरमा प्रतियोगिता खेल्न पुगेको थियो। जसको नतिजा निराशाजनक भयो। न त प्रशिक्षक ठकुरीले भनेजस्तो नेपालले टेस्ट राष्ट्रलाई ‘चकित’ बनायो, न त एउटा खेलमा विजयी नै भयो। बरु कमजोर मानिएको कुवेतसँग पहिलोपटक पराजित भएर घर फर्किएको छ।

तस्बिरहरु: क्यान 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए आईसीसीले हालै अद्यावधिक गरेको वरियताअनुसार दीपेन्द्र १२ स्थान उक्लिँदै ३१औँ स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक बढेर १४८ पुगेको जनाइ... बुधबार, वैशाख २३, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी गुलशन झाले पाँच विकेट लिएपछि नेपालले भारी अन्तरको जित निकालेको हो । नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ३९ दशमलव ५ ओभ... मंगलबार, वैशाख २२, २०८३
विश्वकप लिग टु सिरिज : सिरिजको अन्तिम खेलमा नेपाल र ओमान भिड्दै नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९ : ३० बजेबाट हुनेछ । मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्