काठमाडौं– खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी छिट्टै राजधानीमा ल्याइने बताएका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि बुधबार महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले स्वच्छ खानेपानी उपलब्ध गराउन आफू लागिपरेको बताए।
अस्थायीरुपमै भए पनि पानी छिटो काठमाडौं ल्याउन लागिपरेको मन्त्री चौधरीको भनाइ थियो। यसअघि पानी राजधानी आइपुगेका बेला पूर्वप्रधानमन्त्रीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता भट्टराईको नामसमेत स्मरण गर्न नचाहनु अराजनीतिक घटना भएको उनले बताए।
‘पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु,’ उनले भने। गतवर्ष परीक्षण गरी मेलम्चीको पानी काठमाडौं ल्याइएकोमा गत असार १ र साउन १७ गते मेलम्ची नदीमा आएको बाढीका कारण खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।