काठमाडौं- एवियन फ्लूको महामारी रोक्नका लागि इजरायलले १० हजार भन्दा धेरै टर्की चरालाई मार्ने भएको छ।
हुला नेचर रिजर्बमा यस बीमारीका कारण ५ हजार भन्दा धेरै प्रवासी सारस मारिएका हुन्। पर्यावरण मन्त्री तमर जेन्डबर्गले यसलाई इजरायलको इतिहासमा ‘वन्यजीवका लागि सबैभन्दा ठूलो झट्का’ भएको बताए।
स्थानीय किसानलाई पनि करिब ५ लाख भन्दा धेरै कुखुरालाई मार्न भनिएको छ जसका कारण अण्डाको कमी हुन सक्ने बताइएको छ।
प्रधानमन्त्री नेफ्टाली बेनेटले राष्ट्रिय सुरक्षा सलाहकार र बाँकी विशेषज्ञहरुसँगको भेटमा यसलाई रोक्ने उपायबारे छलफल गरेको बीबीसीले जनाएको छ।
संक्रमित पन्छीको सम्पर्कमा रहेका मानिसको सुरक्षाका लागि उपचार जारी रहेको छ ।
विश्व स्वास्थ संगठनका अनुसार पन्छीबाट मानिसमा भाइरस पुग्ने घटना निकै दुर्लभ हो। २००३ मा यस्तो भएको थियो जतिबेला भविश्वर ४५६ जना मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।