काठमाडौं- भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमतिको संख्या बढेर ७१८ पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित दिल्लीमा छन् त्यसपछि महाराष्ट्रमा छन्।
दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणको ९ हजार १९५ संक्रमित फेला परेका छन्। मंगलबारको तुलनामा यो संख्या ४४ प्रतिशतले धेरै हो।
एक दिन पहिला भारतमा संक्रमणको ६ हजार ३ सय ५८ केस फेला परेको थियो। भारतमा कोरोना मुक्त हुने दर ९७ दशमलव ४० प्रतिशत रहेको छ जो मार्च २०२० भन्दा धेरै हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।