काठमाडौं– नेकपा माआवादी केन्द्रका केन्द्रीय लेखनाथ न्यौपानेले एमसीसीलाई अस्वीकर गर्न सक्नुपर्ने बताएका छन्।
पार्टीको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनले एमसीसीबारे प्रस्ट पार्न नसकेको भन्दै उनले सामाजिक सञ्जालमा फरक मत भन्दै एमसीसीलाई ‘नो’ भन्न सक्नुपर्ने बताएका हुन्।
उनले भेनेजुएलाको उदाहरण दिँदै एमसीसीबारे पार्टी प्रस्ट हुनुपर्ने बताएका हुन्। ‘वामपन्थी मात्र रहेका चावेजले १९९८ मा चुनावद्वारा पहिलो पटक राष्ट्रपति चुनिएपछि भेनेजुयलामा रहेका २२ हजार अमेरिकी सेनालाई २४ घण्टा भित्र देश छोड्न आदेश दिए र अमेरिकासँगको सैन्य सम्बन्ध अन्त्य भएको घोषणा गरेका थिए,’ उनले भनेका छन्, ‘हामी माओवादी कम्युनिस्ट जसले समाजवादको आधार निर्माण गर्ने उद्देश्य राखेका छौ भने अस्वीकार्य भन्न किन नसक्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।