काठमाडौं– मानव विकासविनाको विकासको कुनै अर्थ नहुने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्। प्रदेश लगानी प्राधिकरणद्वारा मंगलबार आयोजित प्रदेश १ को ‘दीर्घकालीन आर्थिक विकास, लगानी प्रवर्द्धन र निजी क्षेत्रको भूमिका’ विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले मानवको विकास हुनु जरुरी रहेकोमा जोड दिएका हुन्।
ज्ञान, विज्ञान र शिक्षा मानवको लागि हो भन्दै मुख्यमन्त्री राईले मानिसलाई केन्द्र विन्दु बनाएर गरेको विकासले राम्रो प्रतिफल प्राप्त हुने बताए।
समतामूलक समाज निर्माण गर्न विकास सबैतिर पुग्नुपर्ने विचार राख्दै उनले विकासमा आमजनतालाई पनि अंशियार बनाउनुपर्नेमा जोड दिए। सबै ठाउँको विकास गर्नु नै सङ्घीयता हो भन्दै मुख्यमन्त्री राईले ठाउँ केन्द्रित विकासले शहरको जनघनत्व बढाएको बताए।
खानी, जलविद्युत, जलयातायातजस्ता क्षेत्रमा लगानी गरेर आम्दानी गर्न सक्ने भन्दै मुख्यमन्त्री राईले लगानी गर्दा ऐन नियममा देखिने त्रुटिलाई फुकुवा गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए।
पूर्वाधार विकास मात्र नभएर शिक्षा र स्वास्थ्यमा लगानी गर्न उत्सुकता देखाउनुपर्ने भन्दै उनले सरकारको बजेट कम भएकाले विकासमा निजी क्षेत्रको महत्त्व रहेकोमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।