काठमाडौं- विवेकशील साझा पार्टी संयोजक मिलन पाण्डेले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई भेटेका छन्। कांग्रेस महामन्त्री शर्मालाई बधाई दिन भन्दै विकेशील साझा पार्टीका बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालसहित पाण्डेले भेटेका हुन्।
भेटमा नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टीहरुको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडी बढ्ने विषयमा छलफल भएको बताइएको छ।
यसैगरी, लोकतन्त्र, राष्ट्रियता, शिक्षा, रोजगार, स्वास्थ्य, सुशासन जस्ता विषयसँगै 'व्यवस्था हैन नागरिकको अवस्था बदल्ने' राजनीतिमा सहकार्य गर्दै संवाद जारी राख्ने कुरामा सहमति भएको पाण्डेले जनाएका छन्।
संयोजक पाण्डेलाई अध्यक्ष रवीन्द्र मिश्रले केही दिनअघि मात्रै पार्टीबाट निष्कासन गरेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।