भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ कार खरिद गरेका छन्। मर्सिडिज मेब्याक एस ६५० बख्तरबन्द कार मोदीको कारगेटमा सामेल भएको हो।
यसलाई रेन्ज रोवर वोग र टोयोटा ल्याण्ड क्रुजरबाट अपग्रेड गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। नयाँ मेब्याक एस ६५० कार पहिलोपटक हैदराबाद हाउसमा देखिएको थियो। रुसका राष्ट्रपति भ्लादमिर पुटिन भारत यात्रामा आएको बेला मोदी उक्त कारमा देखिएका छन्।
मर्सिडीज मेब्याक ६५० गार्ड वीआर १० लेभल सुरक्षाका साथ लेटेस्ट फेसलिफ्टेड मोडल हो। जो कुनै कारमा दिइएको अहिलेसम्मकै अधिक सुरक्षा हो। रिपोर्ट्सहरुका अनुसार मर्सिडीज मेब्याकले गत वर्ष भारतमा एस ६०० गर्डको १०.५० करोड रुपैयाँमा तोकेको थियो र एस ६५० को मूल्य १२ करोड भारतीय रुपैयाँ(१९ करोड २० लाख भन्दा धेरै) भन्दा धेरै हुन सक्ने जनाइएको छ।
एसपीजीले सुरक्षासँग जोडिएको सबै आवश्यकतालाई पहिचना गरेर जुन व्यक्तिको रक्षा गर्नु पर्ने हो उसलाई नयाँ साधनको आवश्यकता छ या छैन भन्ने गर्छ।
मर्सिडीज-मेब्याक एस ६५०, ६.० ट्विन टर्बो १२ भोल्टेज इन्जितबाट सञ्चालित हुन्छ। यो ५१६ बीएचपीको पावर र ९०० एनएमको टर्क दिन्छ। कारको अधिकतम गति १६० किमी प्रतिघण्टा हुन्छ। मोदीले चढ्ने उक्त कारको बडी र झ्याल ढोकाले गोलीको सामना गर्न सक्छ।
यसलाई विस्फोटमा केही नहुने वाहन (ईआरवी) रेटिंग पनि प्राप्त भएको छ। अर्थात् विस्फोटमा परे पनि कारलाई केही हुँदैन।
कारको सबैभन्दा ठूलो विशेषता भनेको यसमा सवार व्यक्तिलाई २ मिटरको दूरीमा हुने १५ किलोग्रामसम्मको टीएनटी विस्फोटबाट पनि सुरक्षित रहन सक्छ।
गाडीको झ्याललाई पोलिकार्बोनेटबाट कोट गरिएको छ। जसले अतिरिक्त सुरक्षा प्रदान गर्छ। ग्यास आक्रमणको स्थितिमा क्याबिनमा अलग एयर सप्लाइ हुनेछ।
कारको तेल ट्यांकमा एक विशेष सामग्रीको कोट गरिएको छ जसले गोलीबाट हुने प्वाललाई स्वचालित रूपमा सील गर्न सक्छ।
उक्त कारमा विशेष खालको टायर रहेको छ जो क्षतिग्रस्त भएको स्थितमा पनि काम गर्न सक्षम हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।