काठमाडौं- कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै जाँदा भारतको राजधानी नयाँ दिल्लीमा 'येलो एलर्ट' जारी गरिएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लिमा कोरोना संक्रमितको संख्या बढिरहेको भए पनि चिन्ता लिनुपर्ने आवश्यकता नभएको जनाएका छन्।
तर उनले जारी गरिएको स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेका छन्।
यदी लगातार दुई दिनसम्म ०.५ प्रतिशत पोजेटिभिट रेट रहेको खण्डमा येलो एलर्टको घोषणा हुने र दिल्लीमा लगातार तीन दिनदेखि कोरोना संक्रमित हुने दर बढिरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
पहेलो चेतावनी जारी भएसँगै दिल्लीमा सिनेमाघर र जिम बन्द गर्ने आदेश दिइएको छ। तर शपिङ मल र पसलहरु भने जोर विजोर प्रणाली अनुसार खुल्ने छन् । मल र पसल विहान १० बजेदेखि राति ८ बजेसम्म खुल्ने छन्।
दिल्ली मेट्रो, रेस्टुरेन्ट तथा बारमा क्षमता भन्दा ५० प्रतिशत मानिसलाई मात्र अनुमति दिइउको छ। दिल्ली सरकार यो प्रतिबन्ध तत्कालबाट लागू हुने जनाएको छ। त्यस्तै विवाहमा २० जना मात्र सहभागी हुन पाउने छन् भने विद्यालय र कलेजहरु बन्द गरिएका छन्। दिल्लीमा पछिल्लो २४ घण्टामा ३३१ जना संक्रमित फेला परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।