काठमाडौं– शृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आईपीओ जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
कम्पनीले तीन करोड ३७ लाख २५० रुपैयाँ बराबरको तीन लाख ३७ हजार २५ कित्ता आईपीओ जारी गर्न लागेको हो। शृजनशीलका प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठ र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त शृजनशीलको रजिष्टर्ड कार्यालय सिरहाको गोलबजार–७, चोरहवामा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।