काठमाडौं- फ्रान्सले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टमाथिको चिन्ताकाबीच कडा खालको प्रतिबन्धको घोषणा गरेको छ।
३ जनवरीदेखि देशमा 'रिमोट वर्किङ' अनिवार्य हुने छ। यो ति सबैमा लागू हुने छ जो 'रिमोट वर्किङ' गर्न सक्छन्। भवनभित्र हुने कार्यक्रमका लागि सार्वजनिक सभामा २ हजारमा मानिसमा सीमित गरिएको छ।
फ्रान्समा शनिबार १ लाख भन्दा धेरै संक्रमित फेला परेका थिए। महामारी सुरु भएपछिको यो अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितको संख्या हो। तर यसका बावजुद सरकारले नयाँ वर्षको पूर्व सन्ध्यामा कर्फ्यु नलगाउने निर्णय गरेको छ।
प्रधानमन्त्री कार्यालयका अधिकारी ज्या कास्टेक्सले मन्त्रिपरिषद् बैठकपछि भने, 'यस्तो लाग्छ यो महामारी कहिल्यै समाप्त नहुने एक फिल्म जस्तो हो।'
फ्रान्सका स्वास्थ्य मन्त्री ओलिवियर वेरन कोरोनो भाइरस संक्रमण हरेक दुई दिनमा दुई गुणा भइरहेको भन्दै उनले देशमा 'मेगा वेव' को चेतावनी दिए।
सार्वजनिक समारोहमा खुल्ला स्थानमा ५ हजार भन्दा धेरै मानिस सहभागी हुन पाउने छैनन् भने लामो यात्राका क्रममा खाने पिउने सुविधामाथि पनि प्रतिबन्ध लगाइएको छ।
अर्को आदेश नभएसम्मका लागि रात्रि क्लबहरु बन्द रहनेछन्। घरबाट काम गर्ने कर्मचारीले हप्तामा कम्तिमा पनि तीन दिन घरबाट काम गर्नुपर्ने छ। शहरमा हिँड्ने समयमा मास्क लगाउन अनिवार्य गरिएको छ।
पूर्ण खोप लगाएको चार महिनापछि बुस्टर डोज लगाउन सक्ने नियमलाई परिवर्तन गरेर अब तीन महिनामा नै बुस्टर डोज लगाउन सकिने बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।