फाइल तस्बिर
काठमाडौं– चीनको सियानमा कोरोना प्रकोप २१ महिनायताकै खराब अवस्थामा पुगेको छ।
द गार्जियनका अनुसार सोमबार सियानमा १५० जना नयाँ संक्रमित थपिएका छन्। योसँगै डिसेम्बर ९ यता उक्त शहरमा संक्रमितको संख्या ६५० पुगेको छ।
कोरोना संक्रमितको संख्या बढेसँगै ५ दिन लकडाउन गरिएको उक्त शहरमा थप कडाइ गरिएको छ। सियानमा चौथो चरणको अनिवार्य कोरोना परीक्षण सुरु गरिएको छ। त्यसका लागि सबै करिब ३ हजार परीक्षण केन्द्र स्थापना गरिएको छ।
त्यस्तै, नयाँ संक्रमित पहिचान गरी भाइरस फैलिनबाट रोक्न झण्डै ५० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको समाचारमा उल्लेख छ।
सियानमा २ दिनको अन्तरालमा एक परिवारबाट एक जना सदस्य २ घण्टाका लागि अत्यावश्यक सामान किन्न बाहिर जान सक्नेछन्। तर, यसबाहेक कुनै पनि मानिसलाई घरबाहिर आउन दिइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।