काठमाडौं- सनराइज बैंकले तीन ठाउँमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।
बैंकले प्रदेश १ मा उदयपुरको चौदण्डीगढी नगरपालिका-१० हडिया, सुनसरीको दुहबी नगरपालिका-८ जुटमिल चोक र सुदूरपश्चिम प्रदेशमा कैलालीको भजनी नगरपालिका-४ खैलाडमा शाखारहित बैंकिङ सेवा सुरु गरेको जानकारी दिएको छ।
उक्त शाखारहित बैंकिङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८३ पुगेको छ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्स्टेन्सन काउण्टर, १६१ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।