भारत- भारतको राजधानी नयाँ दिल्लीमा प्रभाव जमाएर बसेको आम आदमी पार्टीले दिल्लीबाहिर पनि विस्तार हुने संकेत देखाएको छ। पञ्जावको चन्डीगढ नगर निगमको चुनावमा विजेपी र कांग्रेस आइलाई उछिनेर आम आद्मी ठूलो दल बनेको छ।
पहिलोपटक चन्डगढ नगरको चुनावमा भाग लिएको आम आदमी पहिलो पार्टीसमेत भएको छ। पञ्जाव विधानसभाको निर्वाचन हुनु एक वर्षअघि भएको यो निर्वाचनले आम आदमीको प्रभाव विस्तारको संकेत गरेको भारतीय मिडियाले जनाएका छन्।
नगरका कुल ३५ वडामध्य आम आदमीले १४, विजेपीले १२, कांग्रेसले ८ र अकाली दलले एक सिट जितेका छन्। २४ डिसेम्बरमा भएको निर्वाचनमा २०३ जना उम्मेदवार थिए।
आम आदमी पार्टीका नेता तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पञ्जावमा आउन खोजेको बदलावको संकेतका रुपमा यसलाई लिएको बताएका छन्। उनले भने, 'चन्डीगढका जनताले भ्रष्ट राजनीति नकारेर आम आदमी पार्टीको इमानदार राजनीति चुनेका छन्। पञ्जाव वदलवका लागि तयार छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।