• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

गठबन्धनविना चुनाव लड्न नसक्ने पार्टी कांग्रेसमा विलय भए हुन्छ : धनराज गुरुङ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, पुस १३, २०७८  १९:५३
1140x725

नेपाली कांग्रेसको नयाँ नेतृत्वले जिम्मेवारी प्राप्त गरेको चार दिन बितेको छ। महाधिवेशनमा रुपान्तरणलाई मुख्य अजेण्डा बनाएको कांग्रेसका हरेक पाइलाआमजनका लागि प्रतिक्षित छन्। कांग्रेसमा पनि परिवर्तन पक्षधर मानिएको नयाँ पुस्ताका नेताहरुका गतिविधि अझ धेरै निगरानीमा रहने छन्। गुट कमजोर हुँदा पनि परिवर्तनको पक्षमा उभिएका कारण केही नेताहरुले जितेका छन्। तीमध्ये एक हुन्, उपसभापति धनराज गुरुङ। गुरुङसँग कांग्रेसको रुपान्तरणमा नयाँ नेतृत्वको भूमिकालाई केन्द्रमा राखेर नेपाल लाइभका डिबी खड्का र लिलु डुम्रेले गरेको संवाद:

नेपाली कांग्रेसमा तपाईंहरु निर्वाचित भएपछि एक प्रकारको आशा सञ्चार भएको छ। त्यसलाई निराशामा परिणत हुन नदिन तपाईंको भूमिका कस्तो रहन्छ?
हामीले रुपान्तरणको कुरा उठाएका थियौं। रुपान्तरणको सूत्र हो- सुरुमा आफैलाई रुपान्तरण गरेर देखाउँने। आफैं रुपान्तरित नहुनेले पार्टीको रुपान्तरण गर्न सक्दैन, पार्टीलाई रुपान्तरण गर्न नसक्नेले देशको रुपान्तरण गर्न सक्दैन। हामी निर्वाचित भएका छौं। भूमिका प्राप्त गरेका छौं। यो पदमा सयर गरेर सुत्न होइन, रुपान्तरणका लागि भूमिका देखाउँने हो। कांग्रेसलाई विधि, विधान र पद्धतिमा अघि बढाउन सक्यौं भने त्यहीँबाट रुपान्तरण सुरु हुन्छ।

त्यसपछि न्यायोचित व्यवस्थापनको सन्दर्भ आउँछ। महाधिवेशनको सन्दर्भमा नेतृत्व चयनको क्रममा बनेका प्यानलको 'ह्याङओभर' त्यहीँ छाडिदिनुपर्छ। यदि त्यही ह्याङओभरमा पार्टीमा काम गर्न खोज्यौं भने हामीले चाहेको रुपान्तरण सम्भव छैन।

हामी निर्वाचित भएपछि  पार्टी सदस्य भन्दाबाहेकको पनि फोन आएको छ। उनीहरुको भनाइ छ- म कांग्रेस होइन, तपाईंहरु (धनराज, गगन र विश्वप्रकाश) निर्वाचित भएको देख्दा कांग्रेस फेरिन्छ कि भन्ने आशा जागेको छ। हाम्रो महाधिवेशनले आमजनमा पनि नयाँ सन्देश दिएको छ। यो हाम्रा लागि अवसर र चुनौती दुवै बनेर आएको छ। जनअपेक्षा अनुसार हामी चल्नैपर्छ, त्यो बाहेकको विकल्प छैन। नयाँ तरिकाबाट, नयाँ शिराबाट र नयाँ सोचबाट हिँड्न सक्यौं भने हामीले त्यो चुनौतीलाई अवसरमा बदलेर अघि बढ्न सक्छौं। यदि पुरानै तरिकाले चल्यौं भने रुपान्तरण शब्दजाल मात्रै हुन्छ। हामी शब्दजालमा अल्झिन चाहन्नौं।

तपाईंहरुसँग आशा छ। आशंका पनि सँगै देखिन्छ। किनभने कांग्रेसको मूल नेतृत्व (सभापति)मा शेरबहादुर देउवा दोहोरिनुभएको छ। तपाईंहरु ७ भाइ, ९ नेता, १२ युवा कांग्रेस बनेर यही नेतृत्वसँग संघर्ष गर्नुभएको हो। हिजो बाहिरबाट दबाब दिनुहुन्थ्यो, अब भित्र अन्तरसंघर्ष गर्नुपर्ला वा दृष्य फरक देखिन सक्छ?
म यो प्रसंगलाई क्रिकेटसँग दाँज्न चाहन्छु। हामीले हिजो ब्याटिङ गर्नै पाएनौं। हामी ११ जना खेलाडीभन्दा बाहिर बसेर भूमिका निर्वाह गर्‍यौं। टेस्ट क्रिकेटमा दुईटा इनिङ्स हुन्छन्। पहिलो इनिङ्समा हामी १५ खेलाडीभित्र त थियौं तर ब्याटिङ र बलिङ गर्ने ११ जनामा परेनौं। हामी कराइरह्यौं- यसरी ब्याटिङ गर्दा राम्रो हुन्छ, यसरी बलिङ गर्दा राम्रो हुन्छ।

पहिलो इनिङ्समा राम्रो गर्न नसकेको ब्याट्सम्यान वा डकआउट नै भएको ब्याट्सम्यानले दोस्रो इनिङ्समा सेञ्‍चुरी हानिराखेको हुन्छ। हाम्रो सभापतिज्यूको पहिलो इनिङ्स त्यति राम्रो भएन। दोस्रो कार्यकाल अर्को इनिङ्स हो। उहाँबाट सेञ्‍चुरीको आशा गरेका छौं, सेञ्‍चुरी नभए हाफ सेञ्‍चुरी हान्नुहोला। अर्को कुरा, यसपटक हामी बलिङ र ब्याटिङ गर्ने ११ जनाभित्रै परेका छौं। त्यसकारणले गर्दा पार्टी सभापतिसँग संघर्ष सोचेका छैनौं।

हिजो सुनाउने ठाउँमा थियौं, आज सुन्ने ठाउँमा छौं। हिजो गर्नुपर्‍यो भन्ने ठाउँमा थियौं तर, आज गर्ने ठाउँमा छौं। त्यसैले टिम क्याप्टेनसँग यसपटक सहकार्य हुन्छ। पार्टीलाई अगाडि बढाउनेछौं। तपाईंले भनेजस्तो ७ भाइ, ९ भाइ, १२ भाइको सन्दर्भ हिजो थियो, त्यो सन्दर्भ त्यहीँ सकियो। अब अर्को ९ भाइ, १५ भाइ जन्माउने गरी काम पनि हुँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लोपटक तपाईंहरुले पेभेलियनबाट चर्कै चिच्याएको सुनिएपछि यसपटक कांग्रेसजनले मैदानमा पठाएका छन्। तपाईंले विधानको कार्यान्वयन र न्यायोचित व्यवस्थापन सबैभन्दा चर्को रुपमा उठाएको विषय हो। विधानमा भनिएजस्तै दुई महिनामा एकपटक केन्द्रीय  कमिटी र ६ महिनामै विभाग गठन गरेर पालना भएको हेर्न पाइएला?
अहिले आशंका नगरौं। सभापतिज्यूसँग हाम्रो बाक्लै मिटिङ हुन्छ भन्ने मलाई लागेको छ। पार्टीलाई विधि, पद्धतिअनुसार चलाउने भनेको ६ महिनाभित्रै विभाग गठन गर्ने भनेको हो। केन्द्रीय समिति पनि दुई महिनामै बस्ने पनि भनेको हो। धेरै कुराको सुधार गर्नुपर्नेछ। रुपान्तरण गर्नका लागि हामीले गर्नैपर्छ। दुई महिना, ६ महिना बित्न समय लाग्दैन। हामी विधि र पद्धतिबाहिर जानै सक्दैनौं भन्नेमा प्रतिबद्ध छौं। विधि र पद्धतिको लिकबाहिर जाँदा पार्टीको यो हालत भएको हो। हामीप्रति एकप्रकारको आशा छ, त्यो निराशामा परिणत हुन्छ। त्यो अवस्था भनेको धनराज, गगन र विश्वप्रकाशको पनि काम रहेनछ, यी पनि नालायक रहेछन् भन्ने ठाउँमा पुग्नु हो। हामी सचेत छौं, त्यसैले प्रश्न नउठ्नेगरी काम गर्न चाहन्छौं।

कांग्रेसले लोकतान्त्रिक अभ्यास गर्ने क्रममा प्यानलगत चुनावी प्रतिस्पर्धा भयो। तपाईंहरुको प्यानलबाट सभापतिमा चुनाव लड्नुभएका डा शेखर कोइरालाले भागबण्डामा सहभागी नहुने बताउनुभएको छ। तपाईंहरु त्यसैमा प्रतिबद्ध हो?
भागबण्डाले पार्टी यो हालतमा पुगेको छ। जे भयो, त्यो मैदानमा भयो। निर्वाचनको क्रममा प्यानलहरु बने, डा शेखर कोइरालाको नेतृत्वमा हामी मैदानमा थियौं। उहाँको प्यानलमा हेर्ने हो भने पपुलर मत ४० प्रतिशत छ। सभापति शेरबहादुर देउवासँग ६० प्रतिशत छ। यही आधारमा हामीले ६०-४० को भाग पाउनुपर्छ भन्ने हो भने हामीभन्दा नालायक कोही पनि हुँदैन।

हामीलाई ६०-४० को भागबण्डाले आजित बनाएको छ। विगतमा पनि हामीले नेताहरुलाई भागबण्डामा नरमाउनुहोस् भनेका हौं। हाम्रा नेताहरुलाई भागबण्डाको कुरा नगर्न बूढानीलकण्ठ पठाउथ्यौं, विधि र पद्धतिको मात्रै कुरा गर्छौं भनेर जानेहरु केही भाग पाएपछि छमछम नाँच्दै आएकै कारणले गर्दाखेरि यो पार्टी बिग्रेको हो।

मैले केन्द्रीय समितिको बैठकमा पनि यो कुरा राखेको थिएँ। कांग्रेस एउटा घर हो, हामी परिवारका सदस्य हौं। एउटै परिवारमा के को भागबण्डा? हामीले न्यायोचित व्यवस्थापनको कुरा उठाएका छौं। किनभने, भागबण्डाका कारण न्यायोचित व्यवस्थापन हुन सकेन। पुराना साथीहरु, दु:ख पाएका साथीहरु कहिल्यै पनि लाभको पदमा जान नपाउने अवस्था बन्यो। जनताका तर्फबाट एक शब्द बोल्न नसक्ने मान्छे पटक-पटक सांसद बनिरहे, किन? भागबण्डाले होइन? कतिपयले आफ्नो क्षमता नै देखाउन पाएनन्। सभापतिज्यूसँग विवेक छ, त्यसकारण न्यायोचित व्यवस्थापनको कुरा उठाउँछौं। भागबण्डाको कुरा हुँदैन।

Xtrem

Xtrem

तपाईंहरुको प्यानलबाट सभापतिमा लड्नुभएको डा कोइरालालाई वरीयतामा २०औं नम्बरमा राखियो। विगतको परम्पराअनुसार निकटस्थ प्रतिस्पर्धी दोस्रो वरीयतामा हुन्थ्यो। डा कोइरालाको वरीयता ठीकै हो वा कुरा उठाउनुहुन्छ?
डा कोइराला नेता हो। नेतालाई वरीयता चाहिन्छ? चाहिँदैन। जो असक्षम छ, उसलाई वरीयता चाहिन्छ। डा कोइरालालाई वरीयता तल माथि चाहिन्छ भन्ने लाग्दैन। त्यसकारण उहाँ नेता हो, स्थापित भइसक्नुभएको छ। राजनीतिक संस्कार पनि छ उहाँसँग। त्यस्तो संस्कार हुनेलाई यसले केही फरक पार्दैन।

अर्को, वरीयताका सन्दर्भमा ठ्याक्कै माइन्युट गर्दा सभापतिले राजनीतिक निर्णय लिने हो। उहाँले निर्णय गर्दा सन्देश के जान्छ भन्ने उहाँले बुझ्ने कुरा हो, हामीले बुझाइरहनुपर्छ भन्ने लाग्दैन। देउवा आफैं राजनीतिक पाठशाला हो। त्यो पाठशालाले लिने राजनीतिक निर्णयमा हामीले केही भनिरहन आवश्यक छ भन्ने लाग्दैन।

तपाईंले प्यानल मैदानमै छाडेर हिँडेको बताउनुभयो। तर, नेपाली राजनीतिमै, त्यसमा पनि नेपाली कांग्रेसमा गुटगत अभ्यास परम्पराका रुपमा अघि बढिरहेको देखिन्छ। यसपटक कांग्रेसमा गुटका जराहाँगा छिमलिएलान् भनेर विश्वास कसरी गर्ने?
पहिलो कुरा हामीले रुपान्तरण र परिर्वतनको कुरा किन गरेका छौं? त्यही परम्पराको फेर समाएर हिँड्ने हो भने हामीले रुपान्तरण र परिर्वतनको कुरा गर्नुको अर्थ छ र? रुपान्तरणको कुरा सँगै हामी पनि बदलिनुपर्छ। हामीले यो मानसिकता नत्याग्ने हो भने रुपान्तरण सम्भव छैन।

आफैं बदलिएर पार्टी बदल्नुपर्छ भन्ने कुरा हामीले बुझेका छौं र हाम्रा साथीहरुले बुझेका छन्। त्यसैले अब गुटको चस्माबाट कांग्रेसलाई हेर्न तपाईंहरु पनि छाडिदिनुहोस्। हामीले त्यागिसक्यौं।

आदर्श र यथार्थ फरक हुन्छन् नै। गुटविहीनता तपाईंको आदर्श हो। तर, धनराजहरुलाई जिताउने ‘प्यानल’ रोजेकै भरमा कुनै कांग्रेस नेता-कार्यकर्ता अर्को गुटबाट पीडित हुनुपर्ने यथार्थ आइलाग्दा तपाईं कहाँ उभिनुहुन्छ? 
मलाई त्यस्तो लाग्दैन। आम कार्यकर्ताले अनुहार हेरेर मत हालेका छन् भन्ने मलाई लाग्दैन। म राम्रो र हेण्डसम त छैन नि! तर, मेरो विचार, कार्यक्रम र क्रियाशीलता आदि हेरेर निर्वाचित गरिएको हो। मैले भागबण्डा होइन, न्यायोचित व्यवस्थापन भन्दै आएको छु। यस्तो बेला फेरि कसले कसलाई भोट दियो भनेर खोज्न थालियो भने गुट वा भागबण्डामै पुग्छौं। तर, अब हामी त्यहाँ अल्झेर बस्ने होइन। सिंगो पार्टीलाई कसरी अगाडि लैजाने भन्नेमा केन्द्रित हुनुपर्छ।

अब शेरबहादुर देउवा सबै कांग्रेसको सभापति, धनराज गुरुङ सबैको उपसभापति र गगन थापाहरु सबै कांग्रेसको महामन्त्री हो। सबै कांग्रेसको उपसभापति, सबै कांग्रेसको महामन्त्री र सबै कांग्रेसको सभापति हुने यात्रा भर्खर सुरु भएको छ। हिजो सभापतिले पनि गुटको बैठक राख्ने, वरिष्ठ नेताले पनि गुटको बैठक राख्ने भएर बिग्रेको हो नि। त्यतिबेला श्रद्धेय नेताहरुले अजेण्डा एउटा बोक्ने तर, सारमा अर्कै गर्ने भएकाले यस्तो समस्या भएको हो। अब हिजो कसले कसलाई मत दियो त्यसमा पूर्णविराम लगाउँ, अनि नयाँ रुपमा सोचौं र अघि बढौं।

तपाईंले नेपाली कांग्रेस एकल रुपमा निर्वाचनमा सहभागी हुन्छ भन्दै आउनुभएको छ। अहिले गठबन्धनको सरकार छ। यही गठबन्धनलाई सँगै लिएर कांग्रेस निर्वाचनमा जान्छ कि एक्लै प्रतिस्पर्धा गर्छ?
गठबन्धनले निर्वाचन गराउँछ तर, निर्वाचनमा गठबन्धनकै रुपमा जान्छ भन्ने लाग्दैन। उहाँ (सभापति)ले विगतको समयमा गठबन्धन गरेर निर्वाचन भोगिसक्नुभएको छ। त्यस्तो भएको धेरै समय बितेको छैन। २०७४ सालको निर्वाचनमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जे भोग्यो वा उक्त समयमा कार्यकर्ताको भावना के थियो उहाँले बुझ्नुभएको छ भन्ने मलाई लागेको छ। त्यो भावनाविपरीत जाने परिकल्पना म गर्न सक्दिनँ।

म भ्यालीभित्र रहँदा र जरुरी काम, स्वास्थ्यमा खराबी आदि नहुँदा ११ बजेदेखि ३ बजेसम्म यहीँ हुन्छु भनेर घोषणा गरेको हुँ। कम्तीमा पार्टी कार्यालयलाई जीवन्त राख्ने मेरो प्रण हो।

अर्को कुरा, बहुदलीय प्रतिस्पर्धामा निर्वाचनमा हरेक पार्टीले आ-आफ्नो घोषणापत्र लिएर जाने हो। नेपाली कांग्रेसको नीति तथा कार्यक्रम लिएर जाने हो। नेपाली कांग्रेसको दुवै खुट्टा सवल छन्। कुनै पनि खुट्टा भाँच्चिएका छैनन्। खुट्टा भाँच्चिएको भए पो वैशाखीको सहारा लिने हो। दुवै खुट्टा तन्दुरुस्त हुनेले त एक्लै दौडिने हो। दुवै खुट्टा सद्दे हुँदाहुँदै नाटक गरेर वैशाखी टेकेर हिँड्न खोजियो भने त्यो मान्छेलाई अरुले उछिन्ने निश्चित छ।

त्यसैले कांग्रेस आफ्नो घोषणापत्र, नीति, कार्यक्रम र अजेण्डा लिएर निर्वाचनमा जान्छ। यसमा आशंका गर्न पर्दैन। मलाई सभापतिले यस्तो वैशाखी टेक्ने निर्णय गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। अहिले गठबन्धनको सरकार भएकाले उहाँलाई प्रस्ट रुपमा बोल्न मिलेको छैन।

अरु पार्टीका केही नेताहरुले अहिले पनि गठबन्धन गरेर निर्वाचनमा जानुपर्छ भनेको मैले पढेको-सुनेको छु। यो उहाँहरुको विचार हो। उहाँहरु के चाहनुहुन्छ, त्यहीअनुसार कांग्रेस चल्नुपर्छ भन्ने हुँदैन। गठबन्धन सरकार, संविधान, विधि र पद्धति जोगाउने 'बाइप्रोडक्ट' मात्रै हो। यसको दायित्व भनेको अबको निर्वाचन निष्पक्ष रुपमा गर्ने हो।

अहिले गठबन्धनमै निर्वाचनमा जानुपर्छ भनेर कतिको कोकोहोलो सुनिन्छ। म त्यस्ता नेताहरुलाई भन्न चाहन्छु- के उहाँहरुसँग घोषणापत्र, नीति, आदर्श र विचार छैन? विचारविनाको पार्टी हुँदैन। पार्टी नबनाउने हो भने कांग्रेसमा विलय भए हुन्छ। चुनाव लड्न कांग्रेस नै चाहिन्छ भने यसैमा विलय भए भइहाल्यो। सबैलाई स्वागत पनि छ। तर, प्रस्ट हुनुपर्ने कुरा के हो भने नेपाली कांग्रेस एक्लै आफ्नै नीति, अजेण्डा र कार्यक्रमसँगै चुनावी मैदानमा जान्छ।

तपाईं आफू धेरै समय कार्यकर्ताका लागि पार्टी कार्यालयमै उपलब्ध हुने बताउनुभएको छ। कस्तो छ योजना?
मैले उपसभापति निर्वाचित भएपछि पार्टीलाई समय दिनुपर्छ। म भ्यालीबाहिर नगएको अवस्थामा पार्टी कार्यालयमा उपस्थित हुने भनेको छु। कांग्रेसको परम्परामा पनि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जमलको केन्द्रीय कार्यालयमा प्रत्येक दिन कार्यकर्ताको गुनासो सुन्ने गर्नुहुन्थ्यो। बीचमा यो परम्परा तोडियो।

अहिले त नेताको घर-घरमा देउसी खेलेझैं भयो। कति जनाको घरमा जाने कार्यकर्ता? नेताहरुले पनि घरमा को आए, को आएनन् भनेर रेकर्ड राख्न थाले। मलाई लाग्यो- पार्टीका काम घरैबाट गर्ने हो भने यत्रो कार्यालय केका लागि?

विगतका सकारात्मक कामलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्यो। म भ्यालीभित्र रहँदा र जरुरी काम, स्वास्थ्यमा खराबी आदि नहुँदा ११ बजेदेखि ३ बजेसम्म यहीँ हुन्छु भनेर घोषणा गरेको हुँ। कम्तीमा पार्टी कार्यालयलाई जीवन्त राख्ने मेरो प्रण हो। हेर्दा यो सानो कुरा हो तर, यसको अर्थ ठूलो छ। मैले माला र खादा पनि नलाउँदा सामान्य देखिएला तर, वार्षिक रुपमा खर्बौं फूल र खादा आयात गर्ने देशका लागि अर्थपूर्ण छ। स-साना कुराबाट रुपान्तरण सुरु गर्ने मेरो अठोट हो। यो त्यसैको एउटा पाइला हो।

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्