काठमाडौं- भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमितको संख्या सोमबार सम्म ५७८ पुगेको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५३१ संक्रमित थपिएका छन्। ७ हजार १४१ जना निको भएका छन्।
अहिले कुल सक्रिय संक्रमितको संख्या ७५ हजार ८४१ रहेको छ।
मन्त्रालयका अनुसार ओमिक्रोनबाट संक्रमितको संख्या ५७८ रहेको छ र सबैभन्दा धेरै संक्रमित दिल्लीमा रहेका छन्। जहाँ १४२ जनामा ओमिक्रोन पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।