काठमाडौं- नेटोले रुसको सुरक्षा चिन्तामाथि वार्ता सुरु गर्ने प्रस्ताव गरेको छ। १२ जनवरीमा कुराकानीको मिति तय भएको छ र रुसले यसमा सहभागी हुनेबारे विचार गरिरहेको छ।
रूसको समाचार एजेन्सी तासले आइतबार विदेश मन्त्रालयलाई उल्लेख गर्दै भनेको छ, 'हामीलाई नेटोबाट यो प्रस्ताव आएको छ, जहाँ सहभागी हुनेबारे हामीले विचार गरिरहेका छौं।'
रूसको सेना ठूलो संख्यामा युक्रेनको सीमा नजिक तैनाथ छ र अमेरिकी जासुसी संस्थाले दिएको जानकारी अनुसार रुसले युक्रेनमाथि आगामी वर्षमा सैन्य कारबाही गर्न सक्छ। यसलाई लिएर पश्चिमा देशहरुले चिन्ता व्यक्त गरिरहेका छन्।
गत हप्ता रूसले सुरक्षा प्रस्तावको एक सूची जारी गरेको थियो जसमा रूसले नेटोसँग पूर्वी यूरोप र युक्रेनमा कुनै पनि सैन्य गतिविधि नगर्ने प्रतिवद्धता चाहेको छ।
अमेरिका र युक्रेन दुबै रूसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको मान्छन्। तर रूसले भने यस भनाइलाई अस्वीकार गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।