काठमाडौं– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनविरुद्ध पश्चिमा राष्ट्रहरू एकजुट हुनुपर्ने बताएका छन्।
चीनले आफ्नो आर्थिक स्वार्थ पूरा गर्न पश्चिमी देशहरूलाई प्रभावमा पार्न सक्ने बताउँदै यसलाई रोक्न एकजुट हुन आवश्यक रहेको बताएका हुन्।
ग्लोबल च्यानललाई दिएको अन्तर्वार्तामा ट्रुडोले चीनले आर्थिक अवसरहरू लिन जेपनि गर्न पछि नपर्ने आरोप लगाए।
ट्रुडोले भने,‘हामी प्रतिस्पर्धा गर्दैछौं र समय-समयमा चीनले खुल्ला बजारमा सबैसँग आफ्नो खेल खेलिरहेको छ। हामीले यस विषयमा अझ राम्रो गर्न आवश्यक छ। चीनले हामीलाई विभाजन गर्न नपरोस् भनेर हामीले दृढतापूर्वक एकताबद्ध हुनुपर्छ।’
सन् २०१८ देखि चीन र क्यानडाबीचको सम्बन्ध बिग्रिएको छ। ख्वाईका प्रमुख वित्तीय अधिकारी मेङ वान्चाउको गिरफ्तारीको जवाफमा चीनले दुई क्यानाडालीहरूलाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।