काठमाडौं– तालिवानले काबुलमा आवेदकहरूलाई पासपोर्ट जारी गर्ने प्रक्रिया स्थगित गरेको छ।
केन्द्रीय पासपोर्ट विभागका प्रवक्ता शाफिउल्ला तासालले अफगान समाचार संस्था पाजोकलाई आन्तरिक मामिला मन्त्रालयको निर्देशनअनुसार शनिबारदेखि राजधानीमा तत्कालका लागि पासपोर्ट वितरण रोकिएको पुष्टि गरेका हुन्।
उनले भने,'सरकारले शनिबारदेखि काबुलबाट पासपोर्ट वितरण गर्ने काम अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ ।' अन्य प्रान्तमा भने पासपोर्ट वितरणको प्रक्रिया नरोकिने उनले बताए। यसअघि तालिवानले अफगान पासपोर्ट आवेदकहरूले भीडलाई व्यवस्थित गर्न अनलाइन आवेदनको व्यवस्था गर्न लागिएको पनि जनाएको थियो।
अगस्टको मध्यतिर अशरफ घानीको पलायनपछि र तालिबानको नेतृत्वमा इस्लामिक रिपब्लिक अफ अफगानिस्तान घोषणा गरिएपछि धेरै अफगानीहरू आफ्नो सुरक्षाको कारण देखाउँदै अफगानिस्तान छोड्न चाहेको बताएका थिए।
तालिवान समूहले पूरानो सत्ता र नयाँ सत्ताको आभास नहुने गरी सबैसँग सहकार्य गर्दै न्योचितरूपमा शासन सत्ता समाल्ने बताए पनि उनीहरूको भनाइ र कार्यशैलीमा भिन्नता रहेको बताउँदै विदेश पलायन हुने नागरिकको सङ्ख्या उल्लेख्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।