काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से ११ अंक बढेको छ।
बिहीबार १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा ११.१९ अंक बढेर २५३१.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.६२ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा २१ कम्पनीको ७१ लाख ३६ हजार २८३ रुपैयाँ ६० पैसा बराबरको ५ हजार ३५५ कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ। उक्त सेसनमा ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।