फाइल तस्बिर
काठमाडौं– नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली सहभागी नहुने भएका छन्। आजदेखि सुरु हुने नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागिताका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई फोन गरेका थिए।
ओलीले आफू झापामा रहेको भन्दै आउन नसक्ने र पार्टीको तर्फबाट महासचिव शंकर पोखरेलको सहभागिता हुने जानकारी दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
एमालेले चितवनमा आयोजना गरेको १० राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड गएका थिएनन्।माओवादीले स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदै छ। उदघाटन समारोहमा सहभागी हुन माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।