काठमाडौं– नेकपा माओवादी केन्द्रले आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रमुख राजनीतिक पार्टीका शीर्ष नेतालाई निम्ता गरेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहित प्रमुख राजनीतिक दलहरुलाई निम्ता गरिएको महाधिवेशन प्रचार विभाग सचिव गोविन्द आचार्यले बताए।उद्घाटन सत्र दिउँसो ३ बजेबाट सुरु हुने उनले जानकारी दिए।
माओवादी राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबार बसेको स्थायी समितिको बैठकले गरिसकेको छ। अन्तिम अवस्थामा महाधिवेशनको निर्णय भएकाले विदेशी पाहुना बोलाउन सम्भव नभए पनि स्वदेशका सबै दलका प्रमुख सहभागी हुने उनको भनाइ छ।
प्रज्ञा भवन परिसरमा डिस्प्लेमार्फत उद्घाटन सत्र प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन) मा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँ आइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।