काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन आज सुरु हुँदै छ। यसअघि राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसैलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो।
महाधिवेशनको उद्घाटन दिउँसो ३ बजे हुने महाधिवेशन प्रचार विभाग सचिव गोविन्द आचार्यले बताए। काठमाडौंको प्रज्ञा भवन एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको उद्घाटन गर्ने उनले जानकारी दिए।
अन्तिम अवस्थामा महाधिवेशनको निर्णय भएकाले विदेशी पाहुना बोलाउन सम्भव नभए पनि स्वदेशका सबै दलका प्रमुख सहभागी हुने उनको भनाइ छ।
शनिबार बेलुका सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।
प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन) मा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँ आइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।