काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। आज (आइतबार)देखि काठमाडौंमा हुन लागेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने सम्बन्धी स्थायी समितिको निर्णय अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको छ।
शनिबार बेलुका सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको उक्त निर्णयले वैधानिकता पाउने जनाइएको छ।
राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने र केन्द्रीय कमिटीले अनुमोदन गरेमात्र लागु हुने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए।
पार्टीका राष्ट्रिय सम्मेलनकोे दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गने कार्यक्रम रहेको छ। प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन) मा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँ आइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।