काठमाडौं– नेकपा माओवादी केन्द्रले आइतबारदेखि काठमाडौँमा गर्ने तयारी गरेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ।
शनिबार बेलुका सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो। आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको उक्त निर्णयले वैधानिकता पाउने जनाइएको छ।
राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने र केन्द्रीय कमिटीले अनुमोदन गरेमात्र लागु हुने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए।
स्थायी कमिटी बैठकपछि शनिबार साँझ पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई सोझै महाधिवेशनमा लैजाने निर्णय भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।