काठमाडौं– इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले आफ्नो देशले ६० प्रतिशतको सीमाभन्दा बढी युरेनियम प्रशोधन नगर्ने बताएका छन्।
रुसको सरकारी समाचार एजेन्सी रिया नोवोस्तीले भियनामा भइरहेको आणविक वार्तामा सहमति हुन नसकेमा इरानले आफ्नो आणविक संवर्धनको सीमा ६० प्रतिशतले बढाउन चाहन्छ रु भनेर सोधेको प्रश्नमा उनले उक्त जवाफ दिएका हुन्।
‘जारी आणविक वार्ता असफल भए र त्यसमाथिको प्रतिबन्ध यथावत् रहे पनि इरान आफ्नो प्रतिज्ञामा अडिग रहने छ,’ उनले भने,‘ हाम्रा सबै आवश्यकताहरू युरेनियम संवर्धनको यो सीमामा पूरा हुन्छन्। हाम्रा सबै आणविक गतिविधिहरू अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को नियम र सम्झौताहरू भित्र गरिन्छ।’
उनले इरान स्वतन्त्र रूपमा आणविक उर्जा उत्पादन गर्न सक्षम रहेकोसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।