काठमाडौं– पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई) का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची शहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हानी हत्या गरेको हो।
द न्यूज इन्टरनेशनलका अनुसार घटना दिउँसोको समयमा भएको हो। उक्त घटनामा पीटीआई नेताको मृत्यु भएको र थप एक जना घाइते भएका बताइएको छ।
रिपोर्टअनुसार क्यदाबाद क्षेत्रको मुर्गीखाना बिसौनी नजिकै एक विवादित जमिनका बिषयलाई लिएर उनको हत्या गरिएको बताइएको छ।
घटनामा सम्लग्न व्यक्तिहरू आक्रमणपछि भागेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ।
आक्रमणमा घाइते भएका पीडितहरूलाई नजिकैको अस्पतालमा लागि उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।