फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकमा शेखर कोइराला अनुपस्थित भएका छन्।
महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित उनी स्वत: केन्द्रीय सदस्य बनेका थिए। तर, शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा उनी उपस्थित भएनन्।
आजको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनको तयारी तथा गठबन्धनको जिम्मेवारी सभापति देउवालाई दिने निर्णय गरेको छ।
यस्तै निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।