काठमाडौं- नेपाली कांग्रेसले आज राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग दल दर्ता गर्ने तयारी गरेको छ।
आयोगले पुस १ गतेदेखि १० गतेसम्म दल दर्ताको म्याद तोकेका कारण कांग्रेसले आजै दल दर्ताको तयारी गरेको हो।
१४ औं महाधिवेशनमा विजयीहरुलाई पत्रमाणपत्र वितरण गरेको कांग्रेसको आजै केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।
उक्त बैठकले दल दर्ताको निर्णय गर्ने र सोही अनुसार आयोग जाने तयारी कांग्रेसको छ। आयोगमा कांग्रेसको नयाँ कार्यसमितिको चयन भएको जानकारी पनि गराइने छ।
आज सार्वजनिक बिदा भए पनि आयोगले दल दर्ता गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।