काठमाडौं– भारतको विदेशी मुद्रा सञ्चिति लगातार चौथो साता घटेको छ। गत साता १६ करोड डलरले घटेपछि अहिले भारतको विदेशी मुद्रा सञ्चिति ६३५ अर्ब ६६ करोड डलरमा झरेको छ।
भारतीय रिजर्भ बैंक (आरबीआई) ले जारी गरेको तथ्यांकलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले यो जानकारी दिएको हो।
भदौ ३ गते ६४२ अर्ब ४५३ करोड अमेरिकी डलरको उच्च विन्दुमा पुगेपछि भारतको विदेशी मुद्रा सञ्चिति निरन्तर ओरालो लागेको छ भने हालसम्म करिब ७ अर्ब डलरले घटेको छ।
विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो अंश विदेशी मुद्रा सम्पत्ति गत साता ६४ करोड ५० लाख डलरले घटेको छ। यद्यपि, अर्को महत्त्वपूर्ण घटक सुनको भण्डार उक्त अवधिमा बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।